• Tue. Apr 16th, 2024

SPAIN NEPAL COM

के हो किलोको २ अर्बभन्दा बढी मूल्य पर्ने युरेनियम ?

Byspainnepal

Mar 12, 2021


नेपाल प्रहरीेले शुक्रबार साढे दुई किलोग्राम युरेनियमसहित चार जनालाई पक्राउ गरेको छ । बौद्धबाट पक्राउ परेका उनीहरूले २० वर्षअघि नै भारतको एउटा खानीबाट युरेनियम ल्याएको दावी गरेका छन् ।

जफत गरिएको उक्त पदार्थलाई राष्ट्रिय विधिविज्ञान प्रतिष्ठानको ल्याबमा परीक्षण गर्दा सक्कली युरेनियम(२३८ रहेको पाइएको हो ।

पक्राउ पर्नेमा ४० वर्षीय नारायण सिंह तामा, ४० वर्षीया जानुका तामाङ, २० वर्षीय प्रकाश चौहान र २० वर्षीय मनोज न्यौपाने रहेका छन् ।

जफत भएको युरेनियम प्राकृतिक युरेनियम भएको र नेपालमै पहिलोपटक यति धेरै परिमाणमा युरेनियम बरामद गरिएको प्रहरीले जनाएको छ ।

अहिले १ किलो युरेनियमको २ अर्ब नेपाली रूपैयाँभन्दा बढी मूल्य पर्ने धातुविज्ञहरूले बताएका छन् ।

के हो युरेनियम ?

युरेनियम सबैभन्दा बढी परमाणु भार भएको रेडियोधर्मी धातु हो । २३८ परमाणविक धार हुने यो धातुले लगातार ऊर्जावान विकिरणहरू फ्याँकिरहने भएकाले यसको सीमित आयु हुन्छ । विशेषज्ञहरू युरेनियम पत्ता लगाउन जीएम काउन्टर, सिन्टिलेसन काउन्टर आदि संयन्त्रको सहायताले विकिरण शक्ति मापन गर्छन् । यही विकिरणको मापनद्वारा नै युरेनियमको भण्डारका बारेमा यकिन गर्न सकिन्छ ।

युरेनियम मुख्यतया दुई प्रकारका हुन्छन्( युरेनियम(२३८ र युरेनियम(२३५ । प्राकृतिक रूपमा युरेनियम(२३८ पाइन्छ र त्यसलाई आणविक प्रशोधन केन्द्रमा लगी प्रशोधन गरिएपछि युरेनियम(२३५ बनाइन्छ । एक किलो युरेनियम(२३५ को परिमाणबाट उत्पादित विधुत् शक्ति तीन लाख टन कोइला बाल्दा आउने शक्तिसरह हुन्छ ।

युरोपियन न्युक्लियर सोसाइटीको एक अध्ययन अनुसार एक किलो कोइलाबाट आठ किलोवाट र एक किलो तेलबाट करिब १२ किलोवाट ऊर्जा निस्किन्छ । तर, एक किलो युरेनियम(२३५बाट २ करोड ४० लाख किलोवाट ऊर्जा उत्पादन हुन्छ ।

नेपालमा पेग्माटाइट र ग्रेनाइटजन्य चट्टानमा युरेनियम पाइएको छ । बालुवासँग मिश्रति युरेनियमको मात्रा विश्वमा ५० प्रतिशत बढी पाइएको एक अध्ययनमा देखिएको छ । ऊर्जा उत्पादन, चिकित्साशास्त्र, औद्योगिक र भौगर्भिक अध्ययनमा युरेनियमको उपयोग हुन्छ ।

अमेरिकी ऊर्जा मन्त्रालयको आधिकारकि वेबसाइट एनबीएलडटडीओईडटजीओभीका अनुसार १० ग्राम शुद्ध युरेनियम जसलाई ‘युरेनियम(२३५’ भनिन्छ, को अन्तर्राष्ट्रिय बजारको वैध मूल्य २० लाख ९ हजार अमेरिकी डलर ९करिब १८ करोड रुपैयाँ० पर्छ । यस आधारमा एक किलोको मूल्य २० करोड ९ लाख अमेरिकी डलर ९करिब १८ अर्ब रुपैयाँ० पर्न आउँछ, जुन सुनको बजार भाउभन्दा झन्डै ४ हजार ५ सय गुणा बढी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *