• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, प्रधानमन्त्री र विप्लव एउटै मञ्चमा देखिँदै

Byspainnepal

Mar 4, 2021

काठमाडौं । सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएको छ । सरकारका तर्फबाट गठित वार्ता टोलीका सदस्य राजन भट्टराईका अनुसार बिहीबार बिहान भएको सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएको हो ।

भट्टराईले भनेका छन्, ‘नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच ३ बुँदे सहमतिमा हस्ताक्षर सम्पन्न भएको छ ।’

सहमतिबारे २१ फागुनमा पत्रकार सम्मेलन गरी थप जानकारी दिइने बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेत्र विक्रम चन्द ‘विप्लव’ एउटै मञ्चमा देखिने भएका छन् । २१ फागुनमा उनीहरु एउटै मञ्चमा देखिने भएका हुन् ।

सरकारका तर्फबाट गठित वार्ता टोलीका सदस्य राजन भट्टराईका अनुसार शुक्रबार राष्ट्रिय सभा गृहमा ओली र विप्लव सँगै देखिने भएका हुन् । सरकार र विप्लव समूहबीच बिहीबार तीन बुँदे सहमति भएसँगै उनीहरु सँगै देखिने भएका हुन् ।

उक्त सम्मेलनलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्नेछन् ।

सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले हस्ताक्षर गरेका छन् ।

२ वर्षपछि नेत्र विक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुने भएका छन् । सरकारसँग ३ बुँदे सहमति भएसँगै प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सार्वजनिक हुने भएका हुन् । सरकारले गरेको वार्ताको आग्रहलाई नकार्दै विध्वंसात्मक गतिविधिलाई बढावा दिएपछि विप्लव समूहलाई सरकारले गत २८ फागुन २०७५ मा प्रतिबन्ध लगाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *