• Wed. Apr 24th, 2024

SPAIN NEPAL COM

स्पेनमा कोरोना भाइरसबाट मृत्युहुनेको संख्या ७० हजार नाघ्यो

Byspainnepal

Mar 3, 2021


स्पेनमा कोरोना भाइरसको संक्रमणबाट मुत्युहुनेको संख्या ७० हजार नाघेको छ । बुधवार थप ४ सय ४६ जनाको ज्यान गएपछि कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७० हजार २ सय ४७ पुुगेको छ । बुधवार ६ हजार १ सय ३७ जना नयाँ संक्रमित थपिएका छन भने कुल संक्रमितको संख्या ३१ लाख ३६ हजार पुुगेको छ । केही दिन यता संक्रमितको संख्या केही घटेको भएपनि धेरै क्षेत्रमा प्रतिबन्द्धहरु खुकुलो बनाउँदै गएको र आउँदै गरेको इस्टर को समयमा मानिसहरुको आवतजावत थप बढ्ने भएकोले पुन संक्रमण बढ्न सक्ने आशंकाहरु गरिएका छन् । संक्रमण कम भएका केही राज्यहरुले आगामी इस्टरमा प्रतिबन्द्ध केही खुकुलो बनाउने बताएका छन भने धेरै राज्यहरुले इस्टरको समयमा हुन सक्ने संक्रमणलाई रोक्न मानिसहरुको आवतजावतलाई नियन्त्रण गर्नुपर्ने बताएका छन् । भ्यालेन्सिया लगायतका ६ वटा राज्यले उनीहरुको बीचको बोर्डरलाई कडाइ नै गर्नुपर्ने र त्यसका लागि साझा धारणा बनाउन छलफल भैरहेको बताएका छन भने म्याड्रिडले भने अर्थतन्त्रलाई बचाउनका लागि आगामी इस्टरको सामना गर्नुपर्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *