• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

समाज एक भएको खुसीयाली यसरी मनाए कोस्टाब्लान्काबासीले (फोटो फिचर)

Byspainnepal

Jul 19, 2021

स्पेनको कोस्टाब्लान्काबासी नेपाली समुदायले सोमवार समाज एक भएको खुसीयाली मनाएका छन् । यसअघि नेपाल समाज एसोसिएसन र नेपाल स्पेन समाजबीच भएको एकतालाई आत्मसात गर्दै समाजको तर्फबाट आयोजना गरिएको स्वागत कार्यक्रममा भेला भएर कोस्टाब्लान्काबासी खुसीयाली मनाएका हुन् । गत जुन २० तारिकमा दुबै समाजका अध्यक्ष अक्कलबहादुर बोहरा र केशब राज कडेलले सहमतीपत्रमा हस्ताक्षर गर्दै समाज एक भएको घोषणा गर्नु भएको थियो । यसैलाई स्वागत गर्दै सोमवार आल्बिरमा आयोजिक दिवा भोज कार्यक्रममा सबैलाई स्वागत र सम्मान गरिएको हो । उक्त स्वागत सम्मान कार्यक्रममा एनआरएनको आगामी निर्वाचनमा विभिन्न पदमा उम्मेदवार भएका ब्यक्तिहरुलाई पनि स्वागत तथा सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाल समाज एसोसिएसनका अध्यक्ष बिनोद शेरचनले कोस्टाब्लान्काको नेपाली समुदाय र समाज एक भएको खुसीमा उक्त कार्यक्रम गरीएको जानकारी दिनु भयो । उहाँले एनआरएनएको आगामी निर्वाचनमा कोस्टाब्लान्काको तर्फबाट प्रतिनिधित्व गर्दै उपाध्यक्षमा उम्मेदवारी दिनुभएकी सृजना लामिछानेलाई समाजको इज्जतको रुपमा लिएर सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो । समाजका निवर्तमान अध्यक्ष अक्कलबहादुर बोहराले अब कोस्टाब्लान्कामा नेपाल समाज एसोसिएसन मात्रै एउटा समाज रहेको बताउनुुभयो । नेपालस्पेन समाजका पुर्व अध्यक्ष केशव राज कडेलले अब यहाँको समाजलाई एक बनाएर अगाडी बढ्ने बताउनुभयो ।
एनआरएनए कोस्टाब्लान्काका संस्थापक अध्यक्ष सुरेन्द्र भुजेल थापाले समाज मिलाउने कुरामा एनआरएनको तर्फबाट ठुलो पहलकदमी लिएको र त्यसमा सवैले साथ दिएकोमा धन्यवाद दिनुुभयो । साथै उहाँले एनआरएनएको क्षेत्रीय अधिबेशन सम्पन्न गर्न सहयोग गर्ने सवैलाई धन्यवाद दिनुुभयो । कार्यक्रममा एनआरएनए क्षेत्रीय समितीका अध्यक्ष देवराज सापकोटाले अब कोस्टाब्लान्काको समाज एक भएर अगाडी बढ्ने र आगामी गतिबिधीहरु समाज र एनआरएनए मिलेर गर्ने बताउनुभयो ।

कार्यक्रममा एनआरएनएको आगामी निर्वाचनमा अध्यक्षका उम्मेदवार उत्तरकुमार राई तथा शालिकराम डुम्रे सहितका अधिकांश उम्मेदवारहरुको उपस्थित रहेको थियो ।

उक्त कार्यक्रमको थप विवरण तस्विरमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *