• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

एनआरएनए स्पेन चुनाव — २१ पदको लागि ३४ जनाको उमेद्वारी

Byspainnepal

Jul 7, 2021


गैरआवासीय नेपाली संघ, स्पेनको आगामी कार्यकालका लागि यही जुलाईको २६तारिकमा हुने निर्वाचनको लागि विभिन्न २१ पदका लागि ३४ जनाको उमेद्द्वारी परेको छ । बुधवार भएको उमेद्वारी दर्ता पछि निर्वाचन समितीले सार्वजनिक गरेको उमेद्वारहरुको प्रारम्भिक नामावली अनुसार अध्यक्ष पदमा उत्तर कुमार राई र शालिकराम डुम्रेको उमेद्वारी परेको छ । यस्तै २ जना आइसीसी सदस्यको लागि दिनेशकुमार गिरी, प्रकाश तिमिल्सेना र यज्ञनारायण पौडेल रमेश गरी ३ जनाको उमेद्वारी परेको छ । खुल्ला उपाध्यक्षमा कृष्णराम रानाभाट, भुपेन्द्रकुमार श्रेष्ठ र सनु राउतको उमेद्वारी परेको छ । यस्तै महिला उपाध्यक्षमा कोस्टाब्लान्का र भाइसभास्को क्षेत्रको बीचमा प्रतिस्पर्धा हुने भएको छ । उक्त पदमा कोस्टाब्लान्काकी सृजना लामिछाने र पाइसभास्कोकी कमला बरालको उमेद्वारी परेको छ । कोस्टाब्लान्का एनआरएनए स्पेनको नयाँ क्षेत्र हो । यस्तै क्षेत्रगत सचिवमा पाइसभास्कोबाट दिपेन्द्र प्रकाश अर्याल, ग्रान कानरियाबाट दिपेन्द्र श्रेष्ठ, सहकोषाध्यक्षमा शिवप्रसाद पौडेल र महिला संयोजकमा देवी कुमारी भण्डारी निर्विरोध भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *