• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

भ्यालेन्सियामा बिहिवारबाट रेष्टुरेन्ट बन्द, टेक वे गर्न पाईने

Byspainnepal

Jan 19, 2021


बेनिडर्म, १९ जनवरी / स्पेनमा भ्यालेन्सिया कम्युनिटीमा बिहिबारदेखि सवै होटल तथा रेष्टुरेन्ट व्यवसाय बन्द हुने भएको छ । कोरोना संक्रमण बढेपछि यहाँको स्थानीय सरकारले मंगलवार सुचना निकालेर बिहिवारदेखि बन्द गर्नुपर्ने नियम ल्याएको हो । यसअघि बेलुका ५ वजेसम्म खोल्न दिईएकोमा थप कडाई गरेको हो । तर टेक वे , डेलिभरीको काम भने गर्न पाईने छ । बेलुकी १० वजेदेखिको कर्र्फयु भने यथावत राखिएको छ । स्थानीय सरकारले १४ दिनको लागि भन्दै यो नयाँ नियम ल्याएको हो । यस्तै अरु अत्यावश्यक बाहेकका पसलहरु बेलुकी ६ वजेदेखि बन्द गर्नुपर्ने जनाएको छ । यो नियम भ्यालेन्सिया कम्युनिटीको भ्यालेन्सिया, आलिकान्ते र कास्तियोनमाा लागु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *