• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

स्पेनमा २४ घण्टामा ३४ हजार नयाँ संक्रमण, ४ सयको मृत्यु

Byspainnepal

Jan 19, 2021

स्पेन, १९ जनवरी / स्पेनमा गत २४ घण्टामा कोरोना संक्रमणबाट ४ सय ४ जनाको मृत्यु भएको छ । यहाँको स्वास्थ्य मन्त्रालयको तथ्यांकका अनुसार २४ घण्टामा स्पेनमा थप ३४ हजार २ सय ९१ जना संक्रमित भएका छन् । अहिलेसम्म स्पेनमा संक्रमितको संख्या २३ लाख ७० हजार ७ सय ४२ पुगेको छ । यस्तै अहिलेसम्म ५४ हजार १ सय ७३ जना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २ हप्तामा ३ लाख ३५ हजार ८ सय ६७ जना संक्रमित थपिएका छन् । पछिल्लो एक हप्तामा ९ सय ५२ जनाको ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *