• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

केटु आरोहणमा नेपालीको सफलतामा दुताबासको बधाई

Byspainnepal

Jan 19, 2021

नेपालका दश जना पर्वतारोहिहरुको टोलीले संसारको दोस्रो अग्लो हिमाल- केटु- जाडो मौषममा आरोहण गरेर किर्तिमान बनाएको बिषयले अहिले अन्तरराष्ट्रिय मिडियाहरुमा चर्चा पाएको छ। उक्त समाचारलाई स्पेनका मिडियाहरुले पनि महत्व दिएका छन । यसैक्रममा उक्त समाचारलाई शेयर गर्दै स्पेन स्थित नेपाली दुताबासले पनि नेपाली टोली लाई बधाई दिएको छ। दुताबासले अहिलेको दु:ख को समयमा नेपालीले पाएको यो सफलताले खुशी र विश्वाश जगाएको उल्लेख गरेको छ ।
साथै दुताबासले उक्त हिमाल आरोहणका क्रममा स्पानिश नागरिक सेर्गी मीङोतेको निधन भएकोमा दु:ख व्यक्त गर्दै समबेदना प्रकट गरेको छ।

पाकिस्तानमा रहेको उक्त हिमालको शिखरमा नेपाली टोली –स्थानिय समय अनुसार शनिवार बेलुकी पुगेको समाचारहरुले बताएका छन्।

संसारमा रहेको ८००० मिटरभन्दा १४ अग्ला हिमालहरु मध्ये केटुमात्र जोडो मौषममा सफल आरोहरण नगरिएको हिमाल रहेको थियो।

यस हिमालको भौगोलिक बनावटले गर्दा अन्य हिमालहरु भन्दा केटु आरोहण गर्न निकै चुनौतिपूर्ण रहँदै आएको छ।

नेशनल जियोग्राफिले जनाए अनुसार नेपाली टोलीको नेतृत्व निर्मल पुर्जा र मिङ्ग्मा शेर्पाले गरेका थिए, र ती दुई टोली बाहेकका सोना शेर्पाले पनि यसमा भाग लिएका थिए। यो सफलतालाई व्यक्तिगत नबनाई आफ्नो मुलुकको लागि बनाउने यस टोलीले बताउदै आएको थियो। मिङ्गमा शेर्पाले आफ्नो सामाजिक सञ्जाल मार्फत यो सफलतालाई नेपालको गर्व भनि उल्लेख गरेका छन्।

यस किसिमको सफलताले शेर्पाहरुलाई विदेशीहरुको भारी बोकी हिमाल चढ्नेको रुपमा मात्र नभएर बेजोड बहादुरीका साथ संसारकै उच्च हिमालहरु चढ्ने सक्न समूहको रुपमा चित्रित गर्ने यस टोलीले बताउदै आएको थियो। यस प्रयासको अर्थ संकलनका लागि यस टोलीले सामाजिक सञ्जाल, गो फन्ड मी लगायतका अवसरहरुको उपयोग गरेको थियो।

अर्का टोली नेता निर्मल पूर्जाले- टोलीका सबैजना शिखरभन्दा तल एकजुट भई- नेपालको राष्ट्रिय गित गाउँदै – सामूहिक आरोहण गरेको बताउछन्।

“यो एक ऐतिहासिक, र बिशेष आरोहण हो,” पूर्जाले आफ्नो सामाजिक सञ्जालमा उल्लेख गरे।

८,६११ मिटर हग्लो हिमाल केटु- आरोहणको लागि सगरमाथाभन्दा चुनौतिपुर्ण मानिन्छ। तथ्यांकको अनुसार, केटु सढ्ने प्रत्येक चार मध्ये एक आरोहिले- आरोहणको क्रममा आऐनो ज्यान गुमाएका छन्। अहिले त्यहाँ रहेको माईनस ४० डिग्रीभन्दा तल रहेको तापक्रम र बेतोड हावाका कारण यस टोलीले त्यहाँ गर्ने आरोहण लगभग असम्भवनै रहेको धेरैले भन्दै आएका थिए।

यस टोलीका निर्मल पुर्जाले यसअघि, संसारको ८००० मिटरभन्द अग्लो १४ वटै हिमालहरुलाई ६ महिना ६ दिनमै आरोहण गरेर किर्तिमान बनाएका थिए।

केही बर्ष अघि मात्र उनले सगरमाथा आरोहण गर्ने क्रम खिचेको – आरोहीहरुको लस्कर झल्काउने एक तस्विरले सर्वत्र चर्चा पाएको थियो। उनले नेपाली पर्वतारोहरुलाई संसारमा चिनाउन यि विभिन्न आरोहणको कायर्क्रम बनाउने गरेको बताउदै आएका छन्।

सगरमाथाको जाडो महिनामा पहिलो आरोहण भने सन् १९८० मा भएको थियो।

केटुको आरोहण गर्ने यस टोलीमा निर्मल पुर्जा,मिङ्ग्मा डेभिड शेर्पा, मिङ्ग्मा तेन्जी शेर्पा, गेल्चिन शेर्पा, पेम छिरि शेर्पा, दावा तेम्बा शेर्पा, मिङ्ग्मा जी, दावा तेन्जीन शेर्पा, किलु पेम्बा शेर्पा र सोना शेर्पा रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *