• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

भारतीय स्वरूपको कोरोना भाइरस युरोपेली मुलुकमा

Byspainnepal

Apr 27, 2021

भारतीय स्वरूपको कोरोना भाइरस स्वीट्जरल्यान्डमा पनि फेला परेको छ । स्वीस संघीय जनस्वास्थ्य कार्यालयले आफ्नो ट्वीटरमार्फत भारतीय स्वरूपको कोरोना भाइरस पहिलो पटक स्वीट्जरल्यान्डमा फेला परेको पुष्टि गरेको हो ।

स्वीस जनस्वास्थ कार्यालयका अनुसार भारतीय स्वरूपको कोरोना भाइरसबाट संक्रमित हुने व्यक्ति विमानस्थलको ट्रान्जिटमा भेटिएका हुन् । तर जनस्वास्थ्य कार्यालयले विमानस्थल र संक्रमित व्यक्तिबारे केही खुलाएको छैन । नयाँ स्वरूपका कोरोना भाइरस रहेको र आफ्नो देशलाई जोखिममा पार्न सक्ने देशहरूको सूचीमा भारतलाई पनि समावेश गर्नुपर्ने भन्दै स्वीट्जरल्यान्डको जनस्वास्थ्य कार्यालयमा छलफल भइरहेको किस्टोन न्युजले जनाएको छ ।

स्वीस स्वास्थ्य अधिकारीहरुले भारतमा उत्परिवर्तन भएको कोरोना भाइरसको नमुना मार्चको अन्त्यबाट देखिएको र यो युरोपमा व्यापक मात्रामा भित्रिन सक्ने बताएका छन् । भारतीय स्वरूपको कोरोना भाइरस यसअघि बेलायत र बेल्जियममा फेला परिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *