• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

यूरोपेली यूनियनद्धारा एस्ट्राजेनेका विरुद्ध कारबाही

Byspainnepal

Apr 27, 2021

यूरोपेली यूनियन इयूले कोरोना विरुद्धको खोप उत्पादन गरिरहेको कम्पनी एस्ट्राजेनेका विरुद्ध कानूनी कारबाही सुरु गरेको जनाएको छ । इयू अन्तर्गतको स्वास्थ्य एवं खाद्य सुरक्षा आयुक्त स्टेला क्याराकिड्स्ले खोपको समयमै वितरण सुनिश्चित गर्नका लागि कम्पनीले भरपर्दो योजना नबनाएको भन्दै कानूनी कारबाही सुरु गरेको जानकारी गराएको रोयटर्सले उल्लेख गरेको छ ।

एस्ट्राजेनेकाले इयूसहितका अन्य मुलुकलाई प्रतिबद्धता जनाए अनुसारको खोप उपलब्ध नगराएको, खोप वितरणका लागि प्रभावकारी योजना नबनाएको र आफ्नो प्रतिबद्धताबाट पछि हट्ने कोसिस गरेको लगायतका आरोप लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *