• Sat. Apr 20th, 2024

SPAIN NEPAL COM

काठमाडौं उपत्यकाका ३ जिल्लामा सार्वजनिक यातायात बन्द गर्ने निर्णय

Byspainnepal

Apr 26, 2021

काठमाडौं उपत्यकामा विहीबारदेखि एक साताका लागि निषेधाज्ञा लागू गरिने भएको छ। कोरोना भाइरस संक्रमण तीव्र रूपमा बढेपछि काठमाडौं उपत्यकाका तीन जिल्लामा आगामी बिहीबार राति १२ बजेदेखि एक साता निषेधाज्ञा लागू गरिने भएको हो।
सोमबार बसेको काठमाडौं‚ ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले महामारी रोकथामका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो। १६ गतेदेखि लागू हुने निषेधाज्ञामा सार्वजनिक यातायात ठप्प हुनेछ। साथै निजी सवारी पनि निषेध गरिने निर्णय भएको छ। मानिसका गतिविधि बाक्लो हुने अन्य क्षेत्रमा पनि निषेधाज्ञा लागू हुने छ।
कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले संक्रमितिको सक्रिय सङ्ख्यालाई हेरेर स्थानीय प्रशासनलाई निषेधाज्ञा जारी गर्ने अधिकार दिनको लागि सिफारिस गरेको थियो। ठुला शहरहरूमा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित भएको खण्डमा निषेधाज्ञा लगाउन सक्ने अधिकारको सिफारिस गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *