• Wed. May 1st, 2024

SPAIN NEPAL COM

पोर्चुगलमा महामारी शुरु भएदेखि कै खराव दिन, एकैदिन १५६ को मृत्यु

Byspainnepal

Jan 13, 2021

पोर्चुगल, १३ जनवरी / पोर्चुगलमा बुधबार कोरोना महामारी शुरु भएदेखिकै सवैभन्दा ठुलो क्षति भएको छ । बुधबार एकै दिनमा १० हजार ५ सय ५६ जना संक्रमित भएका छन भने एकैदिन १ सय ५६ जनाको मृत्यु भएको छ । यो संगै पोर्चुगलमा अहिलेसम्म ८ हजार २ सय ३६ जनाको कोरोनाकारण ज्यान गएको छ भने अहिलेसम्म ५ लाख ७१ हजार १ सय ८ जना संक्रमित भएका छन् । पोर्चुगलमा केहिदिन यता कोरोना संक्रमणको दर बढेपछि कडाईका नियमहरु लगाइएको छ भने संकटकाल बढाएर जनवरी ३० तारिक सम्म पुर्याइको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *