• Thu. Apr 18th, 2024

SPAIN NEPAL COM

इङल्याडबाट स्पेन यात्रा फेब्रुअरी २ सम्म बन्देज

Byspainnepal

Jan 13, 2021

स्पेन, १३ जनवरी / स्पेनले इङल्याण्डबाट आउन स्पेनिस रेसिडेन्ट बाहेकलाई फेब्रुअरी २ तारिखसम्म बन्देज लगाएको छ । इङल्याण्डमा केहिसमय यता बढ्दै गएको कोरोना भाइरसको संक्रमण र नयाँ भाइरसको तिब्र संक्रमणका कारण यसअघि जनवरी १९ सम्म लगाइएको बन्देजलाई बढाएर फेब्रुअरी २ तारिक पुर्याइएको हो । स्पेनमा आउने हवाई र समुद्री मार्गबाट स्पेनमा बसोबास गर्ने बाहेकका ब्यक्ति आउन पाउँने छैनन् । स्पेनले पहिलोपटक डिसेम्वर २२ बाट डिसेम्वर २९ सम्म यो बन्देज लगाएको थियो भने पछि बढाएर त्यसलाई जनवरी १९ पुर्याईएको थियो । अहिले थप बढाएर फेब्रुअरी २ तारिक बेलुका ६ वजेसम्म बन्देज लगाईएको हो ।
यसैबीच स्पेनको सरकारले बाक्लो हीमपातका कारण रोकिएका तथा डिले भएका बिमानबाट आउने यात्रुहरुलाई स्पेन प्रवेश गर्न पुन पिसिआर टेष्ट गर्न नपर्ने बताएको छ । स्पेन प्रवेश गर्न पिसिआर टेष्टको ७२ घण्टाको नेगेटिभ रिपोर्ट आवश्यक पर्छ । तर खराव मौषमका कारण केहिदिन यता धेरै उडानहरु अबरुद्ध र डिले भएका छन् । यसअबधीमा पिसिआर रिपोर्टको समयसिमा समाप्त भएपनि स्पेन प्रवेश गर्न दिईने सरकारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *