• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

नेपालबाट स्पेनमा चार्टर फ्लाइटको ब्यवस्थापन हुँदै, नेपालमा रोकिएकाले तुरुन्त फारम भर्न दुतावासको आग्रह

Byspainnepal

May 16, 2021

कोरोना संक्रमणका कारण नेपालले अन्तराष्ट्रिय उडानहरु बन्द गरेपछि अहिले नेपालमा स्पेन फर्कने तयारीमा रहेका धेरै जना रोकिएका छन् । यि मध्ये कसैको रेसिडेन्सी कार्ड रिन्यु गर्ने समय भएकाहरु समेत रहेका छन् । अन्तराष्ट्रिय उडान बन्द भएपछि नेपालमा रोकिएका स्पेनको रेसिडेन्सी भएकाहरुलाई यहाँ ल्याउनका लागि छिट्टै चार्टर फ्लाइट हुने भएको छ । “चार्टर फ्लाइटको मिति निश्चित भएको छैन तर हाम्रो छलफल चलिरहेको छ, संख्या अध्याबधिक भएपछि ब्यस्थापन हुने छ” नेपाली दुतावास म्याड्रिडकी सहचारी करिस्मा अधिकारीले स्पेन नेपाल टडकमलाई बताउनुभयो ।

नेपाली दुतावास म्याड्रिडले आइतवार एक सुचना निकालेर कोरोना संक्रमणको महामारीका कारण बन्दाबन्दीको अवस्थामा नेपालमा रहनुभएका र तत्काल स्पेन फर्कनुपर्ने बाध्यता रहनुभएका नेपाली नागरिकहरूलाई एक फारम भरेर तयारी अबस्थामा रहन आग्रह गरेको छ । यसरी तत्काल स्पेन आउनुपर्ने बाध्यता भएका नेपालीको संख्या कति छ भन्ने एकिन भएपछि चार्टर फ्लाईटको ब्यस्थापन हुने दुतावासले जनाएको छ । चार्टर फ्लाइट गर्ने निकाय र स्पेन सरकार तथा अन्य पक्षले स्पेन ल्याउनुपर्ने नेपालीको एकिन संख्या मागेकोले तथ्यांक अद्याबधिक गर्नका लागि भारम भर्न आग्रह गरिएको दुतावासले जनाएको छ ।

दुतावासले जारी गरेको फारम अनलाइनबाटै भरेर पठाउन सकिनेछ । यसमा नाम, जन्म मिति, पार्सपोर्ट नम्बर, पासपोर्ट र रेसिडेन्सी कार्डको अन्तिम मिति, ह्वाटसप वा भाइवर चल्ने मोवाइल नम्बर, इमेल आइडी लगायतका तथ्यांक भर्नुपर्ने छ । दुतावासले धेरै सम्पर्क इमेल मार्फत गर्ने भएको चलिरहेको इमेल राख्न अनुरोध गरेको छ । स्पेनको जुनसुकै स्थानमा बस्ने भएपनि अन्तिम गन्तब्यमा म्याड्रिड या बार्सिलोना लेख्नुपर्नेछ । चार्टर फ्लाइट यि दई ठाँउमा मात्रै हुनेछ । फारमको अन्तिममा रहेको कमेन्ट बक्समा आफ्नो थप केही समस्या भए राख्न दुतावासले आग्रह गरेको छ ।

दुतावासले जारी गरेको फारम यहाँबाट भर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *