• Sat. Apr 20th, 2024

SPAIN NEPAL COM

नेपालमा स्वास्थ्य सामाग्री पठाउन एनआरएन स्पेनद्दारा सहयोग आब्हान

Byspainnepal

May 15, 2021

गैरआवासीय नेपाली संघ स्पेनले नेपालमा तत्काल अत्याबश्यक स्वास्थ्य सामाग्री पठाउनका लागि स्पेनबासी नेपाली संग आर्थिक सहयोगको आब्हान गरेको छ । संघले शुक्रवार स्पेन स्थित विभिन्न संघसस्थाका प्रतिनिधी सहितको बैठक गरेर सहयोगका लागि औपचारिक आब्हान गरेको थियो । सर्बपक्षिय छलफलका आधारमा संघले छिटोभन्दा छिटो नेपालमा सहयोग गर्नुुपर्ने भएकोले सवै संघसस्था र स्पेनबासी नेपालीहरुलाई नेपालमा परेको अहिलेको दुखद घडिमा एकढिक्का भएर सहयोगको हात बढाउन आग्रह गरेको छ । नेपालमा र स्पेनमा विगतमा परेका दुखका समयमा स्पेनबासी नेपालीमा देखिएकोे एकता र सहयोगको स्मरण गर्दै संघले अहिले आफ्नो मातृभुमीमा परेको दुखको समयमा पनि त्यो एकतालाई प्रर्दशन गर्न आग्रह गरेको छ । संघले छिटो भन्दा छिटो सहयोग रकम संकलन गरेर नेपालमा अक्सिजन सिलिन्डर लगायतका अत्यावश्कीय स्वास्थ्य सामाग्री पठाइने जनाएको छ । संघले सबै संघसस्था र स्पेनबासी नेपालीहरुलाई सहयोग रकम संकलन गरेर एनआरएनए स्पेनको बैंक खातामा जम्मा गरी सहयोग गरिदिन आग्रह गरेको छ ।
सहयोगका लागि संघको बैंक खाता यसप्रकार रहेको छ ।
ES37 2100 2904 0402 3673 2783

La Caixa Bank

NRNA SPAIN

Leave a Reply

Your email address will not be published. Required fields are marked *