• Sat. Apr 20th, 2024

SPAIN NEPAL COM

हाल सम्म ईजरायलमा रहेका सबै नेपालीहरु सुरक्षित छन-राजदुत शाक्य

Byspainnepal

May 16, 2021


पछिल्लो समय ईजरायल र प्यालेष्टाईन विच तनाव बढेपनि हाल सम्म ईजरायलमा रहेका सबै नेपालीहरु सुरक्षित रहेको नेपाली राजदुत डा। अन्जान शाक्यले बताउनु भएको छ । उहाले गाजा क्षेत्रबाट हाल सम्म हजारौ भन्दा बढि रेकटहरु अक्रमण भैरहेको र ईजरायलमा बसोबास गरिरहेका नेपलाी नागरिक लगाएत सबै जनताहरु त्रासित भएको जानकारी दिनुभएको छ । शनिवार विहान नेपाल पत्रकार महासघं युरोप शाखाको ५७ औं अकंको विशेष कार्यक्रममा ईजरायलमा रहेका नेपालीहरुको अवस्थाका बारेमा आपतकालिन राखेको कार्यक्रममाराजदुत डा। शाक्यले ईजरायल देशमा रहेको डोम जसलाई डिफेन्स सिस्टम भन्छन उसलेगर्दा विद्रोही समुह हमास , जिहादी लगाएतहरुले दागेको राकेट अकासमै सिध्याउने भएकोले खसै ठुलो क्षति नभएको जानकारी दिनुभयो । रकेट अक्रमण हुने भएपछि आईरन डोमले संकेत गर्छ र हामी सबै बकंरमा सुरक्षित हुन जान्छौ , यदी ईजरायलको यो डिफेन्स सिस्टम नभएको भए हामी कोही पनि बाच्ने थिएनौ ,दुई दिन पहिला हमासले आक्रमण गरेपछि भारतिय मुलकी एक नागरिकको मृत्यु भएको छ यसबाट हामी सबै दुखि छौ राजदुत डा। शाक्यले भन्नु भयो । राजदुत डा। शाक्यले ईजरायल सरकारले प्यालेस्टाईनबाट आक्रमण हुने भएपछि विश्वभरका राजदुतहरुलाई जुम मिटिगंबाट बोलाएर सबै विदेशी नागरिकहरु आफनो नागरिक भएको र उहाहरुको सुरक्षा आफुहरुको जिम्मेवारी भएकोले जानकारी दिएको बताउनु भयो। उहाले हरेक दिन आफुहरुकोबसोबास गरिरहेको घरलाई नै लक्षित गर्दै आक्रमण गरिरहेको र रात कटाउन समेत सबैलाई गाह्रो भईरहेको बताउनु भयो । त्यस्तै तेल अभिभस्थित नेपाली राजदूतावासका नियोग उपप्रमुख अर्जुन घिमिरेले हालसम्म सबै नेपाली सकुशल नै रहेको उल्लेख गर्दै सावधानी अपनाउनका लागि सबैमा अनुरोध गर्नुभएको छ ।उनी भन्छन्, ूहामी यहाँ भएका नेपालीहरूसँग निरन्तर सम्पर्कमा नै छौँ र राजदूतावासले उहाँहरूलाई सूचना पनि दिइरहेकै छ। अहिलेसम्म कतै पनि नेपालीहरूलाई समस्या नपरेको बुझिएको छ।ू उनले पछिल्लो द्वन्द्वबाट बढी प्रभावित दक्षिणी ईजरायलमा कृषिसम्बन्धी अध्ययन र आयआर्जनका लागि लगभग डेढ सय विद्यार्थी आएको र उनीहरूको अवस्था पनि सुरक्षित रहेको जनकारी दिए। घिमिरे भन्छन्, ूत्रासमा हामी सबै छौँ किनभने चेतावनी दिने साइरन राति पनि दुई९तीन पटक सम्म बज्ने गर्छ। म पनि आफ्नो सानो छोरा च्यापेर साइरन बज्ने बित्तिकै सुरक्षित ठाउँतर्फ दौडिने गरेको छु। त्यस्तै ईजरायलमा कार्यरत तिर्थ गौतमले पनि ईजरायलको दक्षिणी भेकमा धेरै विद्रोहीहरुले धेरै आक्रमण गरिरहेको जानकारी दिनुभयो । पत्रकार महासघं युरोप शाखाका महासचिव द्रोण रिजालको संचालनमा भएको कार्यक्रममा एफएनजे युरोपका बरिष्ठ उपाध्यक्ष केजिन राई , उपाध्यक्ष रविचन्द्र भट्टराई , कोषाध्यक्ष ईन्दिरा चाम्लिगं र साईप्रसका पत्रकार दिनेश गौतमले सहजिकरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *