• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

दुतावासको पहलमा स्पेनबाट अत्यावश्यक मेडिकल सामग्री नेपाल पठाइदै

Byspainnepal

May 17, 2021

नेपालमा महामारीका कारण स्वास्थ्य सामग्रीको चरम संकट भएपछि विभिन्न मुलुकमा रहेका राजदूत सहयोग जुटाउन सक्रिय भएका छन्। स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पाले त्यहाँस्थित गैरआवासीय नेपालीदेखि स्पेन सरकार र सामाजिक संस्थाहरूबाट सहयोग जुटाउन पहल गरिरहेकी छन् ।

राजदूत फुटीले सहयोग जुट्ने क्रम जारी रहेको र चाँडै सहयोग नेपाल पठाउने जानकारी दिएकी छन् । राजदूत शेर्पाले ट्वीट गर्दै महामारविरुद्ध स्पेन सरकारले पनि सघाउन लागेको उल्लेख गरेकी छिन् ।

युरोपमा नेपाली बिमान प्रतिबन्धित भएकाले वैकल्पिक उपायबाट अत्यावश्यक मेडिकल सामग्री बुधबार नेपाल पठाउने तयारी दूतावासले गरेको छ ।
दुतावासले स्पेनमा रहेका सङ्संस्था र समुदायलाई सहयोग सन्कलन गर्न र सन्कलन भएको सहयोग मंगलवार भित्र दुतावासमा सम्पर्क गरी बुझाउन अनुरोध गरेको छ ।

गैरआवासीय नेपाली संघले पनि नेपाली समुदाय र अरू कल्याणकारी संस्थाहरूबाट सहयोग संकलन गरिरहेको छ । युरोपेली युनियनले नेपाललाई २८ करोडको स्वास्थ्य सहायता उपलब्ध गराउने घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *