• Wed. May 8th, 2024

SPAIN NEPAL COM

स्पेनमा अहिलेसम्मकै ठुलो इमिग्रेसन क्राइसिस, एकैदिन ८ हजार इलिगल रुपमा स्पेन छिरे

Byspainnepal

May 19, 2021
तस्विर एलपाइसबाट

स्पेनमा अहिलेसम्मकै ठुलो इमिग्रेसन क्राइसिस देखिएको छ । स्पेनको मोरक्कोको सिमामा पर्ने क्वेटा सिटीको ताराखाल समुद्रि किनार हुँदै २४ घण्टामा ८ हजार भन्दा धेरै मानिसहरु इलिगल रुपमा स्पेन प्रवेश गरेका छन् । ति मध्ये १५०० भन्दा धेरै बालिबालिका रहेको जनाइएको छ । एकैचोटी धेरै इलिगल आप्रवासीहरु स्पेनको सिमा भित्र छिरेपछि त्यसक्षेत्रमा तनाव उत्पन्न भएको छ । उनीहरु इलिगल रुपमा साना डुंङ्गाबाट र पौडीएर स्पेन छिरेका हुन् । ठुलो संख्यामा एकै पटक यति ठुलो संख्यामा इलिगल आप्रवासी स्पेन प्रवेश गरेको तस्विर र भिडियोहरु सामाजिक सञ्जालहरुमा भाइरल भैरहेको छ । स्पेन सरकारले त्यस क्षेत्रमा आर्मी सहित ठुलो सुरक्षा फौज परिचालन गरेको छ । त्यस क्षेत्रमा रेडक्रस लगायतका विभिन्न संस्थाले आफ्ना स्वयमसेवकहरु परिचालन गरेका छन् । प्रधानमन्त्री पेड्रो सान्चेज सहित सरकारका वरिष्ठ अधिकारीहरुले त्यस क्षेत्रको भ्रमण गरेर सुरक्षा अधिकारहरुलाई आबश्यक निर्देशन दिएका छन् । प्रधानमन्त्री सान्चेजले सरकारले सवैभन्दा पहिले त्यस क्षेत्रमा बढेको तनावलाई सामान्य बनाउने काम गर्ने बताएका छन् । गैरकानुनी रुपमा स्पेन छिरेकाहरुलाई मोरक्को फर्काउने क्रम पनि शुरु भएको छ । युरोपा प्रेसले मंगलवार राती गरेको अपटेड अनुसार इलिगल रुपमा स्पेन छिरेका करिब आधा आप्रवासीलाई फर्काउनेक्रम शुरु भएको छ । धेरै बालबालिकाहरु पनि रहेकोले स्पेन सरकारलाई उनीहरुलाई छिटै फर्काउन समस्या परेको छ । मोरक्कोबाट एकै पटक धेरै गैरकानुनी आप्रवासी स्पेनको सिमा भित्र प्रवेश गरेपछि स्पेन सरकारले यसलाई नियन्त्रणको लागि कदम चाल्न मोरक्को सरकारसँग छलफल शुरु गरेको छ । मंगलबार नै स्पेनले मोरक्कोको सुरक्षा संयन्त्रलाई इलिगल आप्रवास रोक्ने प्रयोजनका लागि ३० मिलियन युरो सहयोग गर्ने घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *