• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

कोरोना संक्रमणबाट बिदेशमा थप ३ नेपालीको मृत्‍यु

Byspainnepal

Jan 10, 2021

१०, जनवरी । कोरोना भाइरस -कोभिड १९_ को संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार योसाता युकेमा २ जना र मलेसिया १ जनाको निधन भएको हो । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो संगै विदेशमा कोरोना भाइरसबाट मृत्‍यु हुनेको सन्ख्या २० देशमा ३ सय १७ पुगेको छ ।

संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार ८ सय ४६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये ५१हजार १ सय १६ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ९३ प्रतिशत हो । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता मलेसिया, साउदी अरब, जापान, साउथअफ्रीका, युके, भारत, युएईमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।यस्तै कोरोना भाइरसका कारण नेपालमा १ हजार ९ सय १२ जनाको निधनभएको छ नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ६४ हजार १ सय ५९ छ भने २ लाख ५७ हजार २ सय २९ जना अर्थात ९७.१ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।

नेपालमा कोरोना संक्रमितको दर कम हुँदै जानु  सकारात्मक भए पनि कोरोनाको दोस्रो लहरको सम्भावना नटरेको स्वास्थ समितिका संयोजक सन्जिव सापकोटाले बताउनु भएकोछ । अझै पनि सतर्कता नअपनाउने र खोप आउने समयसम्म स्वास्थ्य सुरक्षामा ध्यान नदिने होभने नेपालले अहिलेको भन्दा पनि ठूलो क्षति व्यहोर्न सक्ने उहाँले स्पष्ट पार्नुभयो ।

जोखिम कायम भएकाले व्यक्तिगत सुरक्षा, मास्कको प्रयोग, सार्वजनिकस्थलमा सुरक्षा मापदण्ड  अपनाउन भन्दै  उहाँले जोखिम घट्यो भन्ने बेला नभएको स्पष्ट  बताउनुभयो  बेलायत  लगायतका यूरोपेलि मुलुकमा  फैलिएको  संक्रमणका कारण  नेपालीहरु पनि अछुतो  नरहेको  भन्दै  उहाँले उच्च  सावधानी  अपनाउन  आग्रह  गर्नु भएको  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *