• Sat. Apr 20th, 2024

SPAIN NEPAL COM

करिव २ लाखको उद्धार गरिएको एनआरएन को दाबी

Byspainnepal

Jan 10, 2021

१०, जनवरी । गैरआवासीय नेपाली संघ (एनआरएनए) र विदेशस्थित नेपाली कुटनीतिक नियोगको संयुक्त पहलमा ‘कोभिड १९’ को विश्वव्यापी प्रभाव पछि १ लाख ८६ हजार ६६ जना नेपालीको उद्धार गरेको जनाएको छ । गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा बैदेशिक रोजगार समितिका संयोजक डा. बद्री केसीका अनुसार विदेशमा समस्यामा परेका कामदारलाई उद्धार, राहत तथा पुनः रोजगारीमा फर्काउन गैरआवासीय नेपाली संघ सकृय रुपमा लागेको छ ।

विदेशका बिभिन्न देशमा ९ हजार ६ सय ५० भन्दा बढी श्रमिकलाई सेल्टरमै राखेर कानुनी सहायता, परामर्श, पिसीआर टेष्ट, तालिम, हवाई टिकट, अदालती जरिवाना, उद्धार तथा राहत दिइएको गैरआवासीय नेपाली संघले जनाएको छ।

संघले साउदी, मलेसिया, कतार, संयुक्त अरबइमिरेट्स -यूएई_, बहराइन, ओमन, कम्बोडिया र कुवेतमा स्वमंसेवक खटाएर अलपत्र परेका कामदारलाई सहयोग गरिरहेको छ।

बिभिन्न संस्थाहरुद्धारा प्राप्त सहयोगबाट विदेशमा रोजगारी गुमाएर बेरोजगार भएका, राहदानीको म्याद सकिएका, कागजात नभएका, लगायतलाई आर्थिक सहयोग गरिएको संघले जनाएको छ। हालसम्म गैरआवासीय नेपाली संघले ८ सय ६२ जनालाई काठमाण्डौबाट गन्तब्यसम्म पुग्न नि:सुल्क बस भाडा आर्थिक सहयोग समेत गरेको छ । सँघले देशका सातै प्रदेशमा १४ लाख रुपैया बराबरको स्वास्थ्य सामग्री हस्तात्तरण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *