• Mon. Apr 22nd, 2024

SPAIN NEPAL COM

एनआरएनए र एनपीपीएफले बार्सिलोनामा पर्यटन प्रवर्द्धन कार्यक्रम गर्दै

Byspainnepal

Oct 14, 2022


नेपाली कला संस्कृति तथा पर्यटन प्रवर्द्धन गर्नका लागि स्पेनको पर्यटकीय शहर बार्सिलोनाको
सुप्रसिद्ध गिर्जाघर साग्रदा फामिलियामा शुभकामना आदान प्रदान कार्यक्रम गरिने भएको छ ।
आगामी असोज ३० अर्थात १६ अक्टोबरमा बार्सिलोना नगरपालिका सांस्कृतिक विभागको सहकार्यमा गैर आवासिय नेपाली संघ स्पेन र नेपाली जनप्रगतिशिल मञ्चको आयोजनामा ‘नेपाल पर्यटन प्रवर्द्धन तथा शुभकामना आदान प्रदान कार्यक्रम-२०२२’ आयोजना गर्न लागेको नेपाली जनप्रगतिशील मञ्च स्पेनका अध्यक्ष विशाल ढुंगानाले बताए । स्पेनको पर्यटकीय शहर बार्सिलोनाको सुप्रसिद्द गिर्जाघर साग्रदा फामिलिया अगाडि नेपाली कला संस्कृति तथा पर्यटन प्रवर्द्धन गर्ने उदेश्यका साथ बार्सिलोना नगरपालिका, साँस्कृतिक बिभाग सँग सहकार्य गर्दै नेपाली जनप्रगतिशील मञ्च , स्पेन र गैर आवासीय नेपाली संघ , स्पेनको संयुक्त आयोजनामा बिभिन्न साँस्कृतिक कार्यक्रम तथा नेपाली पञ्चैबाजाको साथमा “नेपाल पर्यटन प्रवर्द्धन तथा शुभकामना आदानप्रदान कार्यक्रम – २०२२ ” आयोजना गर्न लागिएको हो ।

उक्त कार्यक्रममा सम्पूणर् स्पेनवासी नेपाली आमा, बुवा, दाजु, भाई, तथा दिदी, बहिनीहरु, स्पेन स्थित नेपाली संघ संस्थाहरु, बुद्दिजीवी, सामाजिक अभियन्ता, पत्रकार, व्यवसायी, कुटनीतिक निकाय लगायत सबैको उपस्थिति रहने खुल्ला कार्यक्रम हजारौ नेपाली समुदाय तथा विदेशी पर्यटकहरूले अवलोकन गर्ने छन् । कार्यक्रममा नेपाली पन्चैबाजा पोर्चुगलबाट आउने नेपाली कलाकारहरूको साथमा नेपाली कलासंस्कृति , जातजाति भेषभुषा झल्कने प्रस्तुतिहरू, नेपाल चिनाउने सामाग्रीहरू सहित चार वटा स्टल रहने नेपाली जनप्रगतिशील मंच स्पेनका अध्यक्ष एंव कार्यक्रमका संयोजक विशाल ढुंगानाले जानकारी दिनुभयो । कार्यक्रममा नेपाली पाठशाला बार्सिलोनाका बालबालिका, गुरुङ समुदाय, तामाङ समुदाय, मगर समुदाय, नेवार समुदाय, शेर्पा समुदाय, क्षेत्री समुदाय, आर्य खस समुदाय, विश्व कलाकार संघ स्पेन, ईनास स्पेन, लोक दोहोरी प्रतिष्ठान युरोप लगायतका
संस्थाहरूका ख्याति प्राप्त कलाकारहरूवाट प्रस्तुतिहरू रहने छन । उक्त कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्य रूपमा सफल बनाउनका लागि स्पेनबासी सम्पूणर् नेपाली समुदाय तथा संघ संस्थाहरूलाई गैर आवासीय नेपाली संघ , स्पेनका अध्यक्ष शालिकराम डुम्रे र नेपाली जनप्रगतिशील मंच स्पेनका अध्यक्ष विशाल ढुंगानाले संयुक्त आह्वान गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *