• Mon. Apr 22nd, 2024

SPAIN NEPAL COM

नेपाली दुतावास स्पेनद्वारा म्याड्रिड र बार्सिलोनामा राष्ट्रिय दिवस कार्यक्रम सम्पन्न

Byspainnepal

Sep 28, 2022

नेपाली राजदूतावास स्पेनले नेपालको राष्ट्रिय दिवस र संबिधान दिवसको अवसरमा स्पेनको दुई ठुला शहर म्याड्रिड र बार्सिलोनामा विशेष कार्यक्रमको आयोजना गरेर मनाएको छ । दुतावासले सेप्टेम्वर १९ तारिकका दिन म्याड्रिडमा र सेप्टेम्वर २२ तारिकका दिन बार्सिलोनामा विशेष कार्यक्रमको आयोजना गरी नेपालको राष्ट्रिय दिवस र संबिधान दिवस मनाएको हो ।
म्याड्रिडमा भएको कार्यक्रममा स्पेनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले स्वागत मन्तव्य राख्दै प्रजातन्त्रका लागि नेपाली जनताको लामो सङ्घर्षको महत्व र २०१५ मा नेपालको संबिधान जारी गर्नमा उहाँहरूको योगदानबारे प्रकाश पार्नु भएको थियो । उहाँले नेपाल र स्पेनबीचको उत्कृष्ट द्वपक्षिीय सम्बन्धलाई झल्काउँदै दुई देशबीचको सम्बन्धलाई थप सुमधुर बनाउने बताउनुभयो। उहाँले आफ्नो कार्यकालमा दुई देशले व्यापार, पर्यटन, खेलकुद, शिक्षा, कृर्षि र संस्कृतिमा मुख्य ध्यान दिने बताउनुभयो । सो अबसरमा उहाँले कोभिडको समयमा नेपाललाई मानवीय सहायता पठाउने युरोपेली संघको सदस्य भएकोमा स्पेन सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा राजदूत ढकाल, बिमल ढकाल र स्पेनको परराष्ट्र मन्त्रालय, युरोपेली संघ तथा सहयोग र संयुक्त राष्ट्र संघ पर्यटन संगठनका अधिकारीहरुले संयुक्त रूपमा केक काटेर राष्ट्रिय दिवस र संबिधान दिवसको शुभकामना आदान प्रदान गरेका थिए । कार्यक्रममा नेपालको संस्कृति प्रदर्शन गर्नुका साथै दूतावासले नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको भिडियो मार्फत नेपालको पर्यटन र संस्कृतिको प्रबर्धन पनि गरेको थियो । त्यसैगरी स्वागत समारोहमा नेपाली हस्तकलाका उत्पादनहरु प्रदर्शनी गरिएको थियो ।
कार्यक्रममा दूतावासले नेपाली मोमो लगायत अन्य नेपाली परिकार खुवाएको थियो ।
कार्यक्रममा म्याड्रिड स्थित राजदूतहरू, महावाणज्यदिूतहरू, कुटनीतिक प्रतिनिधी र कन्सुलरका प्रतिनिधीहरु, नेपाली डायस्पोराका प्रतिनिधीहरु लगायतको उपस्थति रहेको थियो ।
यसैगरी बार्सिलोनामा भएको कार्यक्रममा स्वागत मन्तब्य राख्दै राजदुत ढकालले नेपाल र स्पेनको बीचमा रहेको सम्बन्धलाई थप सुमधुर बनाउन आफुले प्रयास गर्ने प्रतिबद्दता जनाउनुभयो ।
कार्यक्रममा गायक कृष्ण काफ्ले, विश्व कलाकार मन्च स्पेनका अध्यक्ष डिक कार्की, बासुरी बादक बिनोद कटुवाल लगायतको सांगितिक प्रस्तुती रहेको थियो भने नेपाली पाठशाला बार्सिलोनाका बालबालिकाहरुले नेपाली गीतमा नृत्य प्रस्तुत गर्नुका साथै राष्ट्रय िगान गाएका थिए। सांस्कृतिक प्रस्तुतीको अलावा दूतावासले बार्सिलोनामा बसोबास गरी नेपालमा योगदान पुर्‍याउनुका साथै दुई देशबीचको आर्थिक कुटनीतिक प्रवर्द्धनमा सहकार्य गर्दै आउनुभएका महत्वपुणर् ब्यक्तहिरुलाई सम्मान गरेको थियो । सेल , खीर लगायत नेपाली परिकार उपलब्ध गराउने बार्सलोिनामा रहेका रेस्टुरेन्टहरूलाई नेपाली राजदूतावासले सम्मान गरेको थियो। कार्यक्रममा कन्सुल जनरलहरू,बार्सिलोनाका कुटनीतिक समुदायका प्रतिनिधी लगायतको उपस्थतिी रहेको थियो ।
कार्यक्रममा बार्सिलोनामा रहेका नेपाली समुदाय, नेपाली संघसंस्थाका प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा राजदूत शर्मिला पराजुली ढकालले दूतावास परिवार सहित बार्सिलोनामा रहेका नेपाली समुदायसँग संबिधान दिवस मनाउन पाएकोमा खुसी व्यक्त गर्नुभयो । साथै सोही दनि राजदूत ढकाल एनआरएनए स्पेनले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा पनि सहभागी हुनुभयो । उक्त अबसरमा राजदूत ढकालले दूतावासबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्ने र नेपालको गरिमालाई स्पेनमा सदैव उच्च बनाउने प्रतिबद्दता पनि व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *