• Mon. Apr 22nd, 2024

SPAIN NEPAL COM

राजदूत पराजुलीद्वारा स्पेनी राजा समक्ष आहोदाको प्रमाणपत्र पेश

Byspainnepal

Oct 22, 2022



स्पेनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले स्पेनका राजा फिलिपे छैठौं समक्ष आफ्नो आहोदाको प्रमाणपत्र बझाउनु भएको छ ।
म्याड्रिड स्थित राजदरवारमा शुक्रवार आयोजित एक विशेष समारोहकाबीच राजदूत पराजुलीले आफ्नो ओहोेदाका प्रमाणपत्र पेश गर्नु भएको हो । समारोहमा स्पेनको विदेश मन्त्रालयका चिफ अफ प्रोटोकल तथा महासचिव, राजदरबारका चिफ प्रोटोकल अफिसर, नेपाली दूतावासका कर्मचारीहरु तथा स्पेनी सञ्चार माध्यमका प्रतिनिधिहरु पनि उपस्थित थिए । सो अवसरमा नेपाली राजदूत पराजुलीसँग छोटो भेटवार्ता गर्दै स्पेनका राजा फिलिपे छैठौंले नेपाल भ्रमणको चाहना व्यक्त गर्नुु भयो । स्पेनी राजाले यस अघि अनौपचारिक रुपमा नेपालको भ्रमण गरेको स्मरण गर्दै उपयुक्त समयमा पुनः नेपाल भ्रमण गर्ने चाहना ब्यक्त गर्नुु भयो । भेटका क्रममा स्पेनी राजाले नेपालमा कोभिड तथा हालैको बाढी पहिरोका कारण ज्यान गुमाएकाप्रति समवेदना प्रकट गर्दै राजदूत ढकालको कार्यकालमा दुई देशबीच परस्परको सहकार्य र सहयोगका आधारमा सम्बन्ध थप सुमधुर हुने विश्वास व्यक्त गनर्’भयो ।
सो अवसरमा राजदूत ढकालले नेपालमा कोभिड संकटका बेला युरोपियन युनियनका देशमध्ये शुरुवाती चरणमा नै स्पेनबाट मानवीय सहायता प्राप्त भएको भन्दै आभार प्रकट गर्नुभयो । उहाँले दुई देशबीचको सम्बन्ध विस्तारमा आफ्नो योजना तथा कार्यक्रमबारे राजालाई जानकारी गराएको स्पेनस्थित नेपाली दूतावासले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *