
स्पेनमा भोली शनिवारदेखि सार्वजनिक ठाँउमा अनिर्वाय मास्क लगाउनुपर्ने नियममा परिवर्तन हुँदैछ । सामान्यतया सार्वजनिक स्थानहरुमा डेढ मिटरको दुरी कायम गर्न सके मास्क लगाउनु पर्दैन । सरकारले शनिवारबाट लागुहुने गरी सार्वजनिक स्थानहरुमा लगाउने नियममा निम्न परविर्तन गरेको छ ।
१, घर बाहिर जाँदा भिड छ भने मास्क अनिर्वाय छ तर डेढ मिटरको दुरी कायम गर्न सक्ने हो भने मास्क नलगाए पनि हुन्छ ।
२, समुन्द्रि किनार र समुद्रमा पौड्दा तथा स्विमिङ्ग पुलमा मास्क लगाउनु पर्दैन तर चेन्जिङ रुममा भने मास्क लगाउनु अनिवार्य छ ।
३, बार तथा रेस्टुरेन्टमा यदी डेढ मिटरको दुरी कायम गर्न सके आउट डोरमा मास्क लगाउनुपर्दैन, भित्र पस्दा मास्क लगाउनुपर्छ भने खाना खाँदा या पिउदा पर्दैन ।
४, यातायातको साधनको सन्दर्भमा ट्याक्सी या वसमा चड्दा मास्क अनिर्वाय छ भने प्राइभेट भेइकलमा अनिर्वाय छैन ।
५, खुल्ला आकासमा हुने ठुला कार्यक्रमहरुमा यदि सहभागी कुर्चीमा बसेका छैनन र डेढ मिटरको दुरी कायम हुन नसक्ने अबस्था छ भने मास्क अनिवार्य छ ।
६, सुपर मार्केट, पसल तथा सार्वजनिक तथा सरकारी कार्यालयहरुमा भने मास्क अनिर्वाय रुपमा लगाउनुपर्छ ।

It is mandatory to wear a face mask on buses, the underground Metro, planes, trains and ships,It is not mandatory to wear a mask in a private vehicle if traveling alone or with members of the same household.

The use of face masks will not be mandatory in outdoor cafés when a safe distance of 1.5 meters can be respected. Inside bars and restaurants, coverings need to be worn except when eating.

इन्फो ग्राफिक्स साभार एलपाइसबाट