• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

एनआरएनए स्पेनको पञ्जिकृत सदस्य २ हजार नाघ्यो, २ जना आइसीसी पाउने

Byspainnepal

Jun 26, 2021

गैर आवासीय नेपाली संघ, स्पेनको आगामी कार्यकाल २०२१—२३ को लागि पंञ्जिकृत सदस्य संख्या २ हजार २० पुगेको छ । शुक्रवार राती १२ वजेसम्मको लागि तोकिएको सदस्यता आवेदनको समयसिमा भित्र उक्त सदस्यता स्विकृत भएको संघका महासचिव राज ढकालले जानकारी दिनुभयो । बार्सिलोनामा सवैभन्दा धेरै ९ सय ५३ जना पंञ्जिकृत सदस्य भएका छन् । यस्तै कोस्टाब्लान्कामा ३ सय २८ जना, पाइस् भास्को मा २५० जना, म्याड्रिडमा ३ सय ७७ जना, र ग्रानकानरियामा १ सय ६जना र मार्योका र अन्य क्षेत्रमा ६ गरी जम्मा २ हजार २० जना पंञ्किृत सदस्यता स्विकृत भएको संघको एमआइएस सिस्टममा देखिएको छ । अब नयाँ सदस्यता यस पटकको चुनावका लागि स्विकृत हुने छैन् । एनसिसि स्पेनको पंञ्जिकृत सदस्यता संख्या २ हजार नाघेकोले स्पेनले २ जना आइसीसी पाउने निश्चित भएको छ । गत अधिबेशनमा स्पेनमा २ हजार ३ सय ९६ जना पंञ्जिकृत सदस्य रहेका थिए । संघको अधिबेशन आगामी जुलाई २५ तारिकको लागि तोकिएको छ । सवै क्षेत्रीय समितीहरुको अधिबेशन सकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *