• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

एनआरएनए कोस्टाब्लान्काको अधिबेशन सम्पन्न, अध्यक्षमा देवराज सापकोटा विजयी

Byspainnepal

Jun 25, 2021

गैर आवासीय नेपाली संघ, स्पेन क्षेत्रीय कमिटी कोस्टाब्लान्काको पहिलो अधिबेशन बिहिबार बेनीडर्ममा सम्पन्न भएको छ । अधिबेशनमा नयाँ कार्यकालको लागि मतदानको माध्यमबाट कार्यसिमती चयन गरिएको थियो । निर्वाचन समितीले दिएको निर्वाचनको अन्तिम मतपरिणाम अनुसार अध्यक्ष पदमा देवराज सापकोटालाई अर्का उमेद्वार अक्कलबहादुर बोहरालाई पराजित गर्दै विजयी हुनुभयो । यस्तै उपायक्षमा श्रीप्रसाद शेरचन विजयी हुनुु भएको छ । उहाँले अर्का उमेद्वार केसरबहादेर थापालाई पराजित गर्नु भएको हो । यस्तै सचिवमा अनुसिंह भण्डारीलाई पराजित गर्दै लक्ष्मण पाण्डे विजयी हुनु भएको छ । सहसचिवमा बालकुमार बुढामगरलाई पराजित गर्दै चक्रप्रसाद बेल्वासे विजयी हुनु भएको छ । कोषाध्यक्षमा झरना कार्की र महिला संयोजकमा मुना महत घिमिरे निर्विरोध निर्वाचित हुनुभएको छ । युवा संयोजकमा प्रविण सुवेदीलाई पराजित गर्दै ईश्वर बुढाथोकी विजयी हुनुभएको छ । यस्तै सदस्यहरुमा गंगा मुनिकर, धिरज पाण्डे, बिजया थापा, सन्देश नेपाल र सीमा सापकोटा निर्विरोध हुनुभएको छ । यस्तै क्षेत्रबाट प्रतिनिधित्व गर्ने एनसिसि सदस्यमा रीता आर्चाय पनि निर्विरोध निर्वाचित हुनुभएको छ ।
अधिबेशनमा नवनिर्वाचित कार्यसिमतीलाई पुर्व अध्यक्ष सुरेन्द्र भुजेल थापा र निर्वाचन समिती संयोजक लालबहादुर खत्री क्षेत्रीले प्रमाणपत्र वितरण गर्नु भएको थियो । पुर्व अध्यक्ष भुजेलले सहमतीमा नेतृत्व चयन गर्ने धेरै प्रयासहरु ग्र्दा पनि अन्त्यमा चुनावको बिधिबाट नै भएपनि स्वच्छ र निश्पक्ष रुपमा निर्वाचन गराएर कोस्टाब्लान्कामा एनआरएनएलाई संस्थागत गर्न सफल भएकोमा सवैलाई धन्यवाद दिनुभयो । कोस्टाब्लान्कामा ६ महिना अगाडी मात्रै क्षेत्रीय समितीको तदर्थ समिती गठन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *