• Sat. Jul 27th, 2024

SPAIN NEPAL COM

स्पेनमा बिजुलीको मूल्य इतिहासकै सबैभन्दा महँगो

Byspainnepal

Aug 30, 2021

स्पेनमा केही समय यता आकासिएको बिजुलीको मूल्यले अगस्ट महिनामा अहिले सम्मकै सबैभन्दा महँगो रेकर्ड् छोएको छ । बिजुलीको मूल्य अगस्टमा स्पेनको इतिहासकै सबैभन्दा महँगो १ सय ३० यूरो ५३ सेन्ट प्रति मेघावाट आवर पुगेको छ । बिजुलीको यो मूल्य ग्रिस पछि युरोपमा दोस्रो सबैभन्दा महँगो हो । गत बर्षको तुलनामा करिब २००% ले बढेको बिजुलीको मूल्य अघिल्लो महिना जुलाइको तुलनामा १४% ले बढेको छ भने पछिल्लो २४ घण्टामा ६ यूरोले बढेको छ । स्पेनको बिजुलीको मुख्य श्रोत प्राकृतिक ग्यास र पेट्रोलियम पदार्थको अन्तराष्ट्रिय मुल्य आकासिदा यहाँको उर्जा बजारमा असर परेको हो । बिजुलीको मूल्यमा भएको वृद्धिले ११ मिलियन घरेलु उपभोक्तालाई असर गर्ने छ । उर्जाको मूल्यमा भएको वृद्धिले अन्य उपभोग्य बस्तुको बजार भाउ समेत बढ्ने छ । स्पेनमा २२% उर्जा न्यु क्लियर इनर्जीबाट, ४०% प्राकृतिक ग्यास र पेट्रोलियमबाट तथा बाँकी नवीकरणीय उर्जा र आयातबाट पूर्ति गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *