• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

कोभिड खोपको तेस्रो डोज (बूस्टर शट) दिने स्पेनको तयारी

Byspainnepal

Aug 26, 2021


कोरोना महामारीको पाँचौ लहरको सामना गरिरहेको स्पेनले करिब ७० प्रतिसत जनसंख्यालाई खोप लगाएको छ । पछिल्ला दिनहरुमा कोभिड संक्रमण बढ्न थालेपछि स्पेन सरकारले जोखिममा रहेका समुहलाई तेस्रो डोज समेत दिने तयारी गरेको छ । युरोपेली एजेन्सीले ग्रिन सिग्नल दिएपछि स्पेनका स्वास्थ्य मन्त्रीले जोखिम समूहहरुको लागी खोपको तेस्रो डोज दिने संकेत गरे । स्पेनमा कोरोनाभाइरस महामारीको पाँचौं लहरका कारण अहिले दैनिक डाटाहरु खराब देखिदै गएका छन। केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा प्रदान गरिएको भर्खरको रिपोर्ट अनुसार नयाँ संक्रमण, अस्पताल भर्ना दर घट्दै छन् तर कोभिड -१९ को कारण मृत्युको संख्या अझै बढिरहेको छ । कोरोनाभाइरसका बिरामीहरु गम्भीर संक्रमणको स्थितिमा छन। बुधवार १६३ जनाको मृत्यु थपिएको छ । मंगलवार भन्दा ३०२ घटेर बुधवार ७६५७ जनामा संक्रमण भएको छ । तर यो अझै पनि मे महिना पछि दोस्रो सबैभन्दा खराब डाटा हो । स्वास्थ्य मन्त्रालयले अगस्ट १५ देखि कुल १,२०० भन्दा बढीको कोभिड -१९ को कारणले मृत्युको जनाएको छ । सरकारले बुधवार केही वरिस्ठ अधिकारीहरुसँग तेस्रो डोजको बारेमा छलफल गरेको छ । यसको लागि स्पेनले यूरोपियन मेडिसिन एजेन्सी (EMA) को अनुमति पर्खिरहेको छ । तर EMA का प्रवक्ताको एउटा लिखित बयानमा तेस्रो डोजको बारेमा सिफारिश गर्न तत्काल कुनै बैठक योजना नगरिएको जनाइएको छ । तेस्रो डोज एउटा बूस्टर शट को रुपमा दिन लागिएको हो । अमेरिका लगाएतका केही देशहरुले बूस्टर शट दिन थालेका छन। स्पेनमा ६७. ३% जनसंख्यालाई पूर्ण खोपहरु प्रदान गरिएको छ भने जनसंख्या को ७५. ८% ले पहिलो डोज लिएका छन।

-एलपाइसबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *