• Sat. Apr 20th, 2024

SPAIN NEPAL COM

एनआरएनसँग सहकार्य गर्ने स्पेन स्थित राजदुतको प्रतिबद्धता(ज्ञापन पत्र सहित)

Byspainnepal

Aug 23, 2021

गैर आवासीय नेपाली संघ स्पेनको नयाँ कार्यसमितीलाई म्याड्रिड स्थित नेपाली दुतावासले बधाई तथा अन्तर्क्रिर्या कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा एनआरएन स्पेनका अध्यक्ष सहित अधिकाश पदाधिकारीको सहभगिता रहेको थियो । उक्त अवसरमा अध्यक्ष शालिकराम डुम्रेले एनआरएनका बिगतका कार्यसमितीहरुले जस्तै आफुहरुले पनि दुतावाससँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । राजदुत दावाफुटी शेर्पाले दुतावासले सधैं स्पेन स्थित नेपाली समुदाय र सबै सङ्संस्थासँग सहकार्यको क्रम जारी राख्ने बताउनुभयो । उक्त अबसरमा एनआरएनस्पेनले स्पेन स्थित नेपालीका समस्याहरु समेटेर दुतावासलाई एक ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र बुझ्दै राजदुत शेर्पाले एनआरएनले राखेका समस्याहरु समाधान गर्न पहल गर्ने बताउनुभयो । एनआरएन स्पेनका महासचिव बिदुर गौतमले ज्ञापन पत्र पढेर सुनाउनु भएको थियो। एनआरएनका प्रतिनिधिहरुले राखेका समस्या र जिज्ञासाहरुको सम्बोधन गर्दै राजदुत शेर्पाले एनआरएनको तर्फबाट देखाइएका समस्याहरुको सम्बोधन गर्न दुतावास सकारात्मक भएर लाग्ने प्रतिबद्ता जनाउनुभयो । उहाँले स्पेनमा बस्ने नेपालीहरुको यकिन तथ्यांक संकलन गर्नेबारे दुताबाससँग सहकार्य गर्न आग्रह गर्नुभयो । दुताबासले नेपालीहरुको बिवरण संकलन गर्न शुरु गरेको जानकारी दिदै उहाँले एनआरएनको पनि सोही एजेन्डा रहेकोले सहकार्य गर्न आग्रह गर्नुभयो । यस्तै एनआरएन प्रतिनिधिहरुको आग्रह अनुसार दुताबासले नेपालीहरुको धेरै बसोबास रहेका क्षेत्रहरुमा घुम्ति शिविर सन्चालन गर्न सकारात्मक रहेको बताउनुभयो । साथै उहाँले नेपालीहरुको धेरै बसोबास रहेका क्षेत्रहरुमा मानार्थ कन्सुलर राख्ने बिषयमा दुताबास सकारात्मक रहेको भन्दै त्यसको लागि नेपाललाई माया गर्ने कोहि ब्यक्ति भए दुताबासलाई सहजिकरण गर्न आग्रह गर्नुभयो । यस्तै उहाँले नेपालको पुलिस रिपोर्टको सम्बन्धमा आएको समस्या समाधान गर्न पनि दुताबास लागि परेको जानकारी दिनुभयो । उक्त अवसरमा एनआरएनका प्रतिनिधिहरुले राखेका जिज्ञासा र समस्याहरुको बारेमा दुतावासका दृतीय सचिव अर्जुन अधिकारी, सहचारी करिस्मा अधिकारीले पनि सम्बोधन गर्नु भएको थियो। कार्यक्रममा एनआरएन आइसीसी सदस्य चिन्तामणी सापकोटा, मानार्थ आइसीसी एकराज गिरी, एनआरएन स्पेनका उपाध्यक्षहरु कृष्ण राम रानाभाट, सनु राउत, श्रीजना लामिछाने, रोशन पाठक, पूर्व उपाध्यक्ष उत्तर राई, सचिव नारायण भट्टराई, प्रबक्ता लक्ष्मण खत्री, महिला सयोजक देबी गौतम भण्डारी, युवा संयोजक मनुश जंग खड्का, सदस्य सुजिल गोले, रीता आचार्य, दीपक परियार, जमुना देबी सापकोटा,क्षेत्रीय समिती म्याड्रिडका अध्यक्ष मेघ नाथ ढकाल, कोस्ताब्लन्काका अध्यक्ष देवराज सापकोटा, महिला संयोजक(कोस्ताब्लन्का) मुना महत घिमिरे, जन सम्पर्क समिती स्पेनका अध्यक्ष इन्द्र प्रसाद शर्मा, पुर्बेली नेपाली एकता समाजका अध्यक्ष पुरुषोत्तम भट्टराई, एनआरएन स्पेनका पूर्व सल्लाहाकार सन्तोष श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो।

एनआएनए स्पेनले राजदुतलाई बुझाएको ज्ञापन पत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *