• Sat. Apr 20th, 2024

SPAIN NEPAL COM

नेपालमा लगाइयो १ करोड ९२ हजार डोज खोप

Byspainnepal

Sep 2, 2021

नेपालमा हालसम्म कोरोना भाइरसविरुद्धको एक करोड ९२ हजार डोज खोप लगाइएको छ ।

हालसम्म १ करोड ९२ हजार १ सय ६४ डोज खोप लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म भेरोसेल, जान्सेन, कोभिसिल्ड, जापानमा निर्मित अस्ट्राजेनेका र स्वीडिस आस्ट्राजेनिक खोप लगाइएको छ । १७.९ प्रतिशत‚ अर्थात् ५४ लाख २४ हजार ८ सय ३६ जनाले पहिलो मात्राको खोप लगाएका छन् भने १५.४ प्रतिशत‚ अर्थात् ४६ लाख ६७ हजार ३ सय २८ जनाले पूर्ण खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सरकारले कुल ७१.६ प्रतिशत‚ अर्थात् २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई खोप लगाउने लक्ष्य लिएकोमा भदौ १६ गतेसम्म यति खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *