• Fri. Jul 19th, 2024

SPAIN NEPAL COM

स्पेनको स्वास्थ्य संकटकाल मे ९ मा सकिने

Byspainnepal

Apr 7, 2021


स्पेनमा अहिले लागु भैरहेको दोस्रो स्वास्थ्य संकटकाल आगामी मे ९ तारिकबाट सकिने भएको छ । प्रधानमन्त्री पेड्रो सान्चेजले मे ९ तारिकबाट संकटकाल नथपिने स्पष्ट पारेका छन् । गत अक्टोवर २५ बाट लगाइएको दोस्रो स्वास्थ्य संकटकालको अबधी सकिएपछि सरकारले थप नगर्ने जनाएको हो । यहाँको सदनले स्थानीय सरकारहरुलाई निर्णय गर्न दिने गरी कोरोना बिरुद्धका प्रतिबन्धहरु लगाएको थियो । मे ९ पछि रात्री कालिन कर्र्फयु लगायतका प्रतिबन्धहरु हट्ने छन् । तर पछिल्लो समयमा स्पेनमा कोरोनाको संक्रमण फेरी बढ्न थालेको र चौथो लहरको चेतावनी आइरहेको समयमा यसले कस्तो प्रभाव पार्छ भन्नेबारे यकिन भएको छैन । केन्द्र सरकारलाई ९ मे पछि संकटकाल लम्बयाउने कानुनी अधिकार नभएपनि १९८६ को संक्रामक रोग नियन्त्रण कानुन अनुसार स्थानीय सरकारहरुले आफै कोरोना रोकथामका लागि उपाएहरु अपनाउन सक्नेछन् । तर यसको लागि उक्त कानुनमा सुधार गर्नुपर्ने र अदालतबाट स्विकृती लिनुपर्ने यहाँका कानुनबिदहरुले बताएको तर केन्द्र सरकारले कानुनमा सुधार गर्नु आवश्यक नरहेको बताएको एलपाइसले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *