• Tue. Apr 23rd, 2024

SPAIN NEPAL COM

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सेना र स्पेनका उपप्रधानमन्त्री बीच भेटवार्ता

Byspainnepal

Apr 7, 2021


एक हप्ते स्पेनको भ्रमणमा रहनुभएका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना र स्पेनका प्रथम उपप्रधानमन्त्री कारमेन काल्भो बीच भेटवार्ता भएको छ । स्पेनको एक्स्त्रेमादुरमा उहाँहरुकोबीचमा भेट भएको हो । सो क्रममा नेपाल र स्पेनको आपसी सम्बन्धलाई थप प्रगाण बनाउनेबारे कुराकानी भएको थियो । यस्तै अध्यक्ष तिमिल्सेना सहितको नेपाली टोलीले एक्स्त्रेमादुरा प्रदेशका मुख्यमन्त्री गुईलेरम्मो फर्नान्डेज भारा 
संग समेत भेट भएको छ । भेटमा स्पेनका लागि नेपाली राजदुत दावा फुटी शेर्पा सहित नेपालबाट आएका विभिन्न नगरका मेयरहरु तथा लुम्बिनी फाउन्डेशनका प्रतिनिधीको सहभागिता रहेको थियो ।

लुम्बिनी गार्डेन फाउन्डेसनको आयोजनामा बुधबारदेखि तीन दिनसम्मआयोजना हुन लागेको पिस कन्फ्रेन्समा सहभागी हुन राष्ट्रिय सभाका अध्यक्ष सहितको उच्चस्तरीय टोली मगलबार स्पेन आइपुुगेको हो ।
अध्यक्ष तिमिल्सिना सहित नेपाली टोलिमा लुम्बिनी साँस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरी,रामग्राम नगरपालिकाका मेयर नरेन्द्रकुमार गुप्ता, कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंह, देवदह नगरपालिकाका मेयर हिराबहादुर खत्री र उपमेयर बिद्या लक्ष्मी गुरुङ,लुम्विनीका कार्यकारी प्रमुख शिबप्रसाद रेग्मी, संघीय संसद सचिवालय सदस्य सपना सापकोटा र लुम्बिनी गार्डेन प्रोजेक्टका प्रमुख आर्कीटेक्ट उज्वलमान शाक्य रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *