• Sat. Apr 20th, 2024

SPAIN NEPAL COM

शान्ति विनाको सम्बृद्धि पुर्ण हुदैन– राष्ट्रिय सभा अध्यक्ष तिमिल्सेना

Byspainnepal

Apr 9, 2021


राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले शान्ति बिनाको सम्बृद्धि पुर्ण नहुने बताउनु भएको छ । स्पेनको काथेरेस शहरमा बिहिवार भएको शान्ति सम्मेलनलाई सम्बोधन गर्र्दै अध्यक्ष तिमिल्सेनाले नेपाल अबिकसित देशको रुपमा रहे पनि विश्वका सम्बृद्ध देशहरुलाई पनि शान्तिको उदाहरण दिएको बताउनुभयो । उहाँले बुद्धको सन्देश मार्फत दिएको शान्तिको सन्देशलाई सबैले आत्मसात गरेमा विश्वले शान्तिसँगै प्रगति गर्ने बताउनुभयो । लुम्बिनी गार्डेन फाउन्डेशनले काथेरेसमा निर्माण गर्न लागेको नेपालको लुम्बिनीको झल्को दिने लुम्बिनी गार्डेन प्रोजेक्टको निमन्त्रणामा स्पेनको भ्रमणमा रहनुभएका अध्यक्ष तिमिल्सेनाले नेपालले समेत लामो राजनितिक आन्दोलन र परिवर्तनपछि शान्तिमा प्रवेश गरेको बताउनुभयो । अब नेपाल शान्तिसँगै सम्बृद्धिको यात्रामा अघि बढेको भन्दै उहाँले त्यसको लागि सवै मित्रराष्ट्रहरुसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । त्यसक्रममा उहाँले लुम्बिनी गार्डेन निर्माणको लागि सहयोग र पहल लिएको एक्स्ते्रमादुरा सरकारलाई धन्यवाद दिनुभयो ।
उक्तसम्मेलनमा स्पेनको राजधानी म्याड्रिडकी पुर्व मेयर पुर्व न्यायधिस मानुयला कारमेनाले शान्ति नै जीवन रहेको बताउनुभयो ।

घृणाले शान्ति सृजना नगर्ने भन्दै त्यसको लागि बुद्ध नेल्सन मन्डेलालाई अनुशरण गर्नुपर्ने बताउनुभयो । उक्त कार्यक्रममा एक्स्त्रेमदुरा राज्यका मुख्यमन्त्री गुइलिरमो फेरनान्डेज भाराले विश्व सम्पदा सुचिमा रहेको काथेरेसमा लुम्बिनी गार्डेन बन्न लागेको यस क्षेत्रका बासिन्दा उत्साहित रहेको बताउनुभयो । लुम्बिनी गार्डेन फाउन्डेशनका अध्यक्ष खोसे म्यानुयल भिलानोभाले बिश्वको शान्तिको लागि बुद्धको सन्देश अनुशरण गर्नु आवश्यक रहेको भन्दै आफुहरुले काथेरेसमा बनाउन लागेको लुम्बिनी गार्डेनले विश्वका शान्ति प्रेमीलाई राम्रो सन्देश दिने बताउनुभयो ।
लुम्बिनी गार्डेन फाउन्डेशनले एक्स्त्रेमादुरा युनिभर्सिटिसँग बिहिबार एक सम्झौता समेत गरेको छ । उक्त सम्झौता अनुसार उक्त युनिभर्सिटिको अन्र्तगत रहने गरी शान्ति सम्बन्धी कोर्स सन्चालन हुने छ । उक्त अबसरमा युनिभर्सिटि अफ एक्स्त्रेमादुराका प्रमुख आन्तोनियो हिदाल्गो गार्सियाले स्पानिश भाषामा पिस स्टडिजको कोर्स पहिलो पटक निर्माण गर्न लागिएको बताउनुभयो । विश्वमा ५ सय ८० मिलियन जनसंख्याले स्पानिस भाषा बोल्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *