• Fri. Jul 19th, 2024

SPAIN NEPAL COM

युके–स्पेन यात्रा प्रतिबन्ध हट्ने,युकेले भने होलिडेमा विदेश जानेलाई ५ हजार जरिवाना गर्ने

Byspainnepal

Mar 23, 2021

स्पेनले युकेसँगको यात्रा प्रतिबन्ध हटाउने भएको छ । कारोना भाइसरको नयाँ भेरियन्टबाट बच्न स्पेनले गत ३ महिनादेखि युकेबाट स्पेन आउन प्रतिबन्ध लगाएको थियो । तर यो प्रतिबन्ध अब मार्च ३० तारिकबाट हटाउने स्पेनको मन्त्रीपरिषद्ले निर्णय गरेको छ ।
स्पेनले हवाई र समुन्द्री मार्गबाट आउने यात्रुलाई गत डिसेम्बर २२ देखि प्रतिबन्ध लगाएको थियो । युकेको प्रतिबन्ध हटेपनि दक्षिण अफ्रिका र ब्राजिलको प्रतिबन्ध भने कायमै रहने छ ।
तर युकेले भने आफ्ना नागरिकलाई होलिडेमा देश नछोड्न कडाइ गरेको छ । त्यहाँको सरकारले होलिडेमा देश छोड्ने ब्यक्तिलाई ५ हजार पाउण्डसम्म जरिवाना गर्ने प्रस्ताव गरेको छ । भोली हुने मतदानमा यो प्रस्ताव पारित भएमा सोमवारबाट लागुहुने गरी युकेबाट होलिडेमा बाहिरीनेका लागि ५ हजार पाउण्डसम्म जरिवाना हुन सक्छ । युकेले होलिडेमा मानिसहरु बाहिर गएमा कोरोना भाइरस भित्रने भन्दै कडाइ गर्न लागेको हो । युकेले गत जनवरीदेखि नै अत्याबस्यक बाहेकका कामका लागि विदेश जान आफ्ना नागरिकलाई कडाई गर्दै आएको थियो । अब त्यसमा थप कडाइ गदै जरिवानाको पनि नियम ल्याउन लागेको हो ।
युकेमा सोमवार गत सेप्टेम्बर यताकै सबै भन्दा कम १७ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *