• Sat. Apr 27th, 2024

SPAIN NEPAL COM

स्पेनमा एस्ट्राजेनेका खोप अब ६५ वर्ष सम्मकालाई दिइने

Byspainnepal

Mar 23, 2021


स्पेनले एस्ट्राजेनेका खोप अब ६५ बर्ष सम्मकालाई दिने भएको छ । एस्ट्राजेनेका खोपले दिने सुरक्षाका बारेमा आंशका उत्पन्न भएपछि स्पेन लगायत धेरै युरोपेली देशहरुले रोक लगाएका थिए । तर युरोपेली युनियनको औषधी नियामक निकाय, विश्व स्वास्थ्य संगठन र अन्य विभिन्न संस्थाहरुले उक्त खोप सुरक्षित र भरपर्दो रहेको विवरणहरु दिएपछि धेरै देशहरुले पुन एस्ट्राजेनेका खोप अभियान शुरु गरेका छन् । स्पेनले पनि उक्त खोप अभियानलाई पुन शुरु गर्दै यसअघिको उमेर समुहको मापदण्डलाई पनि परिमार्जन गरेको हो । यसअघि ५५ बर्ष मुनिका लाई उक्त खोप दिइने गरिएकोमा अब ६५ बर्षसम्मका नागरिकलाई उक्त खोप दिने निर्णय भएको सोमवार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री कारोलिना डारियासले बताइन् । स्पेनमा अहिलेसम्म ६० लाख भन्दा धेरैले भ्याक्सिन लिइसकेका छन्। त्यसमा २१ लाख भन्दा धेरैले भ्याक्सिनको दुवै डोज लिइसकेका छन् ।
यसैबीच स्पेनमा गत शुक्रवारदेखि सोमवारसम्ममा १६ हजार ४ सय ७१ जनामा कोरोनाको नयाँ संक्रमण देखिएको छ भने ६ सय ३३ जनाको मृत्य भएको छ । अहिलेसम्म स्पेनमा ३२ लाख भन्दा धेरै संक्रमित भएका छन भने ७३ हजार ५ सयको मृत्यु भैसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *