
नेकपा एमाले निकट रहेका प्रवासीहरुको संगठन प्रवासी नेपाली मञ्च स्पेनको पाँचौ अधिवेशन यही सोमवार हुँदैछ । वार्सिलोनाको सान्ट पाउ होटलमा हुने मञ्चको पाँचौ अधिवेशन उद्घाटनका लागि नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रवास ईन्चार्ज डा. राजन भट्टराई बार्सिलोना आउँदै हुनुहुन्छ । ‘समृद्ध नेपाल सुखी नेपाली, प्रवासीलाई स्वदेशमै रोजगारी’ भन्ने मुल मत्रसहित पाँचौ राष्ट्रिय अधिवेशन हुन लागेको मञ्चले जनाएको छ ।
अधिवेशनमा संगठनको आगामी नेतृत्व चयन गर्नुका साथै देशको समसामयिक राजनीतिक विषय र प्रवासी नेपालीले खेल्नुपर्ने भुमिकाका बारेमा छलफल हुने मञ्चका अध्यक्ष हेम शेर्पाले बताउनुभयो । संगठनको आगामी नेतृत्व सर्वसम्मत तरिकाले चयन गर्ने गरी तयारी भएको उहाँले बताउनुभयो ।