• Sat. Apr 27th, 2024

SPAIN NEPAL COM

हेमन्त रानाभाटको अध्यक्षतामा प्रवासी नेपाली मञ्च स्पेनको नयाँ कार्यसमिती चयन

Byspainnepal

Jun 14, 2022

नेकपा एमाले निकट प्रवासीहरुको संगठन प्रवासी नेपाली मञ्च स्पेनको सोमवार स्पेनको बार्सिलोनामा सम्पन्न पाँचौ अधिवेशनले हेमन्त रानाभाटको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ । रानाभाट मञ्चको यसअघिको कार्यसमितीमा उपाध्यक्ष हुनुहुन्थ्यो । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रवास ईन्चार्ज डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले अध्यक्ष सहित १६ जनाको कार्यसमिती सर्वसम्मत चयन गरेको र २३ सदस्यिय कमिटीलाई पछि पुणर्ता दिइने मञ्चका निवर्तमान अध्यक्ष हेम शेर्पाले जानकारी दिनुभयो ।

नयाँ कार्यसमितीको उपाध्यक्षमा भूपेन्द्र श्रेष्ठ, सचिवमा गोबिन्द प्रसाद तिमिल्सेना, उपसचिवहरुमा मोहनराज गौतम र श्याम दाहाल रहनु भएको छ । यस्तै सदस्यहरुमा शिवप्रसाद गौतम, राजेन्द्र तिमिल्सेना, कृष्णप्रसाद सिग्देल, कमला बराल, केशव रिजाल, सदस्य तथा युवा विभागमा सुरेश चोख्याल, सदस्य तथा खेलकुद विभागमा गणेशराज अधिकारी रहनुभएको छ भने अन्य सदस्यहरुमा भिमप्रसाद गुरुङ, सुनयना श्रेष्ठ, कल्पना भुजेल र ध्रुवराज ढकाल रहनुभएको छ ।

कार्यक्रममा प्रवासी नेपाली मञ्च युरोप कमिटीका उपाध्यक्ष विनोद ज्ञवाली, प्रवासी नेपाली मञ्च स्पेनका पुर्व अध्यक्षहरु मुक्त गुरुङ, दिनेश गुरुङ, जनसम्पर्क समिती स्पेनका सभापति सन्तोष श्रेष्ठ, नेपाली जनप्रगतीशिल मञ्च स्पेनका अध्यक्ष विसाल ढुङगाना लगायत स्पेन स्थित विभिन्न संघसस्थाका प्रतिनिधिहरुले शुभकामना दिएका थिए । निर्वतमान अध्यक्ष हेम शेर्पाको अध्यक्षतामा भएको कार्यक्रम निर्वतमान महासचिव दिनेश राज रेग्मीले सञ्चालन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *