• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

स्पेनमा कामदारको अभाव भएपछि इमिग्रेसन नियम खुकुलो पारिदै

Byspainnepal

Jun 8, 2022
Work Permit grunge rubber stamp on white, vector illustration

स्पेनमा कामदारको अभाव बढेपछि युरोपियन युनियन क्षेत्र बाहिरका आप्रवासीलाई लक्षित गर्दै बिद्यमान इमिग्रेसन सम्बन्धि नियमलाई खुकुलो बनाइने भएको छ । मुख्यतया टुरिजम, कन्स्ट्रक्सन र ट्रान्स्पोटेसन क्षेत्रमा देखिएको कामदार अभावलाई सम्बोधन गर्ने गरी आप्रवासी सम्बन्धि कानुनलाई खुकुलो पार्ने गृहकार्य भैरहेको स्पेनका सामाजिक सुरक्षा तथा आप्रवास सम्बन्धी मन्त्री खोसे लुइस स्क्रिभाको भनाई उदृत गर्दै रोयर्टसले समाचार छापेको छ । यसरी खुकुलो बनाइने नयाँ आप्रवासी नियममा केके ब्यवस्था हुन्छ भन्ने सवै कुरा बाहिर नआइसकेपनि मन्त्री स्क्रिभाका अनुसार धेरै भन्दा धेरै अल्पकालिन कामदार भिषा जारी गरिने छ भने स्पेनमा रहेका अबैधानिक आप्रवासीलाई बैधानिकता प्रदान गर्ने प्रक्रिया सहज बनाइने छ । नयाँ नियमले स्पेनमा रहेका ५० हजार इयु बाहिरका बिद्यार्थीहरु लाभाब्वित हुने छन् । यस्तै स्पेनमा लामो समय देखि बसिरहेका, स्पेनमा पारिवारिक सम्बन्ध भएका या २ वर्ष देखि औपचारिक या अनौपचारिक क्षेत्रमा काम गरिरहेको प्रमाण पेश गर्न सक्ने अबैधानिक कामदारले बैधानिकता पाउने छन् । अहिले स्पेनमा ३ वर्ष बसेको प्रमाण र एक बर्ष कामको ज्ञारेन्टीको आधारमा अल्पकालिन रोजगार अनुमती प्रदान गरिन्छ । नयाँ मस्यौदा भैरहेको नियमले यो ब्यवस्थामा थप खुकुलो बनाउने जनाइएको छ । अहिले मस्यौदाको क्रममा रहेको नयाँ इमिग्रेसन नियमले तुरुन्त कामदारको अभाव भएका क्षेत्रहरुलाई प्राथमिकतामा राख्दै टेलिमार्केटिङ, सेल्स, डेलिभरी र सफ्टवेयर डेभलपमेन्ट क्षेत्रलाई प्राथमिकतामा सुचिकरण गर्नेछ । यो कानुन छिटै स्पेनको सदनमा प्रस्तुत गर्ने तयारी गरिएको छ ।
कोभिडको कारणले थला परेको स्पेनको टुरिजम क्षेत्रले अहिले कामदारको अभाव झेलिरहेको विभिन्न अध्ययन रिपोर्टहरुले देखाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *