स्पेनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले स्पेनको सहयोग नियोग अन्तिराष्ट्रिय विकास सहायता निकाय एईसिआईडीका महानिर्देशक एन्टोन लेइस गार्सियासँग शिस्टाचार भेट गर्नु भएको छ ।

उक्त भेटमा नेपाल र स्पेनबीच रहि आएको प्रगाढ सम्बन्धलाई थप मजबूत बनाउन आगामि दिनमा मुख्यतया सांस्कृतिक, प्राविधिक, तथा शिक्षा लगायतका क्षेत्रमा सहकार्य गर्ने सम्बन्धमा छलफल भएको दूतावासले जनाएको छ । साथै, भेटमा एईसीआईडीका सांस्कृतिक तथा वैज्ञानिक सम्बन्धका निर्देशक सान्टियागो हेरेरो र कूटनीतिक प्रमुख क्याबिनेटकी मर्सिडिज सान्चेज तथा नेपाली दूतावासका तर्फबाट द्वितीय सचिव अर्जुन अधिकारी र सहचारी करिस्मा अधिकारी उपस्थित हुनुहन्थ्यो ।
यस्तै स्पेनका लागि नेपालकी राजदूत शर्मिला पराजुली ढकालले डिसेम्वर ६ तारिकमा परेको स्पेनको संविधान दिवसको अबसरमा स्पेनका प्रधानप्रमन्त्री पेड्रो साञ्चेजलाई भेटी शुभकामना दिनु भएको छ ।

स्पेनको संविधान दिवसको अवसरमा स्पेनको संसदमा आयोजित एक समारोहकाबीच प्रधानमन्त्री पेड्रो सान्चेजलाई भेटी बधाई तथा शुभकामना दिएको राजदूत पराजुलीले जानकारी दिनुभयो । सो भेटमा नेपाली जनता र नेपाल सरकारको तर्फबाट संविधान दिवसको अवसरमा स्पेन राज्य सरकार र स्पेनका जनतालाई शुभकामना व्यक्त गरेको उहाँले बताउनुभयो ।