• Mon. Apr 22nd, 2024

SPAIN NEPAL COM

स्पेनमा फुटवल सिकेका आवासको नेपाली राष्ट्रिय टिममा डेब्यु

Byspainnepal

Nov 16, 2022

स्पेनमा रहेर फुटवल खेल्न सिकेका मिडफिल्डर आवास लामिछानेले नेपालको राष्ट्रिय टिममा डेब्यु गरेका छन् । बुधवार काठमाण्डौंमा भएको नेपाल र पाकिस्तान बीचको मैत्रीपुणर् म्याचमा दोश्रो हाफमा मैदान प्रवेश गर्दै राष्ट्रिय टिममा डेब्यु गरेको हुन् । नेपालमा गत एक बर्षदेखि एपिएफ क्लब मार्फत ब्यवसायिक फुटवल खेल्दै आएका आवास ५७ औं मिनेटमा सेसेहाङ आङदम्वेको स्थानमा मैदान प्रवेश गरे । ८२ औं मिनेटमा अन्जन विष्टले गोल गरेपछि उक्त खेलमा नेपाल १ शुन्यले विजयी भयो ।
एपिएफ क्लव मार्फत ए डिभिजन लिग खेल्न नेपाल पुगेका आवास त्यस यता नेपालका विभिन्न प्रतियोगिताहरुमा सहभागी भएका थिए । एपिएफ क्लव मार्फत उनले गत वर्ष आहा रारा गोल्ड कपको उपाधी जितेका थिए भने नवौं राष्ट्रिय खेलकुदमा स्वणर् पदक जितेका थिए ।
यसअघि बंगलादेशसँगको मैत्रीपुणर् म्याचका लागि पनि क्लोज क्याम्पका बोलाईएका आवासले अन्तिम टोलीमा भने समावेश हुन पाएका थिएनन । पाकिस्तानसँगको मैत्रीपुणर् म्याचमा नेपाली राष्ट्रिय टोलीका अन्तरिम प्रशिक्षक प्रवेश कटुवालले उनलाई डेब्यु गर्ने अबसर दिएका हुन् ।

१० वर्षको उमेरमा सन् २०१० मा आफ्नो परिवारसँगै स्पेनका आएका आवासले स्कुल तहबाटै फुटवल सिक्दै स्पेनका स्थानीय टिमहरुबाट विभिन्न प्रतियोगितामा सहभागी भएका थिए । एकदिन नेपालको राष्ट्रिय टिमबाट खेल्ने सपना बोकेर गत बर्ष नेपाल फर्किएका आवासले नेपाल पुगेको एक बर्षमै सपना पुरा गरेका छन् । स्पेननेपालडट्कम् सँग कुराकानी गर्दै आवासले राष्ट्रिय टिमबाट खेल्ने आफ्नो सपना पुर भएकोमा खुशी लागेको बताउदै अब राष्ट्रिय टिममा रहिरहन थप मेहनत गर्ने बताए ।
आवासको आमा बुवा स्पेनको म्याड्रिडमा रेष्टुरेन्ट ब्यवसायी हुनुहुन्छ । स्पेननेपाल डटकसँगको कुराकानीमा आवासकी आमा सरिता लामिछानेले नेपालको राष्ट्रिय टिमबाट खेल्ने आफ्नो छोराको सपना पुरा भएकोमा खुसी लागेको र छोरालाई फोन गरी बधाई र थप अवसरका लागि शुभकामना दिएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *