![](https://usercontent.one/wp/www.spainnepal.com/wp-content/uploads/2022/02/D8456099-45D1-43B0-82B7-C01919C2C477-1024x768.jpeg)
नेपाली कांग्रेसको भातृ संगठन जनसम्पर्क समिती स्पेन क्षेत्रीय समिती पाईसभास्कोको पहिलो अधिबेशन २१ फेव्रुवरी २०२२ मा स्पेनको बिल्बाउमा नेपाली जन सम्पर्क समिती स्पेनका अध्यक्ष सन्तोष श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
कार्यक्रमको सभापतित्व अधिबेशन आयोजक समितीका संयोजक गंगाराम सापकोटाले गर्नु भएको थियो भने कार्यक्रम संचालन जसस स्पेनका केन्द्रिय महामन्त्री बिनय अधिकारीले गर्नु भएको थियो ।
महेश पंगेनीको संयोजकत्वमा निर्बाचन समिती बनेको थियो भने दिपेन्द्र अर्यालको संयोजकत्वमा समन्वय समिती बनेको थियो ।
अधिबेशनमा केन्द्रिय प्रतिनीधी तथा जसस सहमहामन्त्री कुल चन्द्र पन्थीले अधिबेशन सम्पन्न गर्न केन्द्रको तर्फबाट समन्वय गर्नुभएको थियो ।
जनसम्पर्क समिती स्पेनको पाईसभास्को क्षेत्रिय समितीको दोश्रो अधिबेशनबाट सर्वसम्मिति चयन हुनु भएका
नव निर्वाचित कार्यसमिती यस प्रकार रहेको छ ।
अध्यक्ष -गङ्गा राम सापकोटा
उपाध्यक्ष -श्री भक्त पौडेल
उपाध्यक्ष -रोहन कार्की
महामन्त्री -सन्तोस अधिकारी जोन
सह-महामन्त्री -भगवती हमाल
कोषाध्यक्ष -भावना खनाल
सदस्य -नगेन्द्र खड्का
सदस्य -शक्ति तामाङ
सदस्य -सङ्गिता सर्मा
सदस्य -अनिता सर्मा
सदस्य -अनुशा रानाभाट
सस्थाको पूर्णता संस्थाको बिधानले प्रावधान गरे अनुसार सदस्य र सल्लाहाकार समिती पछी सस्थाको पहिलो बैठकबाट मनोनीत गरीने भएको छ ।
यसैक्रममा प्रमुख अतिथि सन्तोष श्रेष्ठ बिशेष अतिथी जसस पुर्ब अध्यक्ष ईन्द्र प्रसाद शर्मा बिशेष अतिथी गैर आबाशिय नेपाली संघ पुर्ब अध्यक्ष अनिल गुरुङ लगायत एन आर एन ए ,प्रबाशी नेपाली मन्च, नेपाली जन प्रगतीशिल मन्च, ज स स सहमहामन्त्री दिपक आचार्य लगायत बिभिन्न संघ सस्थाका अध्यक्ष तथा प्रतिनीधीहरुले नव निर्बाचित कार्यसमितीलाई बधाई तथा सफल कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।
![](https://usercontent.one/wp/www.spainnepal.com/wp-content/uploads/2022/02/607A917C-F36C-4589-96ED-804AD5339EC1-1024x768.jpeg)
कार्यक्रमको अन्तमा नवनिर्बाचित अध्यक्ष गंगाराम सापकोटाले सर्वसम्मतिबाट आफुलाई संगठनको अध्यक्ष जस्तो गरिमामय पदको ज़िम्मेवारी सुम्पेकोमा आभार ब्यक्त गर्दै सबै संघ सस्था संग हातेमालो गर्दै नेपाली समुदाय लक्षित सामाजिक कार्यक्रमहरु ल्याउने प्रतिबद्दता जनाउनु भयो ।