• Tue. Apr 16th, 2024

SPAIN NEPAL COM

ग्रिस दुर्घटना – एक जनाको शव नेपाल पठाउने जिम्मा एनआरएन स्पेनले लियो

Byspainnepal

Feb 6, 2022

गत मंसिरको पहिलो साता टर्कीबाट गैरकानूनी रुपमा युरोप प्रवेश गर्ने सिलसिलामा ग्रीसको सीमा नजिकै गाडी दुर्घटना हुँदा मृत्यु भएका ४ जनाको शव नेपाल लगिएको छ । दुर्घटनामा ज्यान गुमाएका भिमेश्वर नगरपालिका–६ दोलखाका राजु लामा र गौरीगंगा नगरपालिका–४ कैलालीका लक्ष्मण सापकोटाको शव गत बुधवार नेपाल लगिएको हो । आफन्तकाअनुसार सापकोटाको कैलाली र लामाको काठमाडौंको स्वयम्भूमा अन्त्येष्टि गरिएको छ । वैदेशिक रोजगार बोर्डले श्रमिक कल्याणकारी कोषको खर्चमा उनीहरुको शव फिर्ता ल्याएको हो।लामा र आचार्य टर्कीका लागि श्रम स्वीकृति लिएर गएका थिए। एउटै दुर्घटनामा ज्यान गुमाएका आमाछोदिङमो गाउँपालिका–३ रसुवाकी शर्मिला तामाङ भनिने रमिला घले र घिरिङ गाउँपालिका–५ तनहुँका ओम बहादुर थापाको भने शव भने एनआरएनको सहयोगमा शनिबार नेपाल लगिएको छ । घले र थापाले श्रम स्वीकृति नलिइ गएको भन्दै शव ल्याउन सरकारी निकायले तदरुकता नदेखाएपछि उनीहरुको शव गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहयोगमा नेपाल लगिएको हो । संघका अनुसार अलपत्र परेका दुई नेपालीको शव ल्याउन संघले ७ हजार २ सय यूरो संकलन गरेर ग्रीस पठाएको छ ।

ग्रिसको शव ब्यबस्थापनको लागि एनआरएनए स्पेनले ३८ सय युरो सहयोग गरेको छ । एउटा शव नेपाल पुराउने रकम एनआरएनए स्पेनले जिम्मा लिएको छ । उक्त सहयोग अभियानमा ४ हजार सहयोग उठेको र बाँकी रकम कोषमै रहेको संघले जनाएको छ । एनआरएन स्पेनका अध्यक्ष सालिक राम डुम्रेले यस कार्यमा सहयोग गर्नु हुने क्षेत्रीय समितिहरु पाइस भास्को, कोस्टाब्लान्का, ग्रान कानारिया म्यड्रिड लगायत कार्यसमिति लगायत सम्पूर्ण सहयोगदाताहरुमा आभार प्रकट गर्नु भएको छ । यसैबिच उक्त सहयोग अभियानमा विश्व भरिबाट उठेको रकमबाट पोर्चुगलमा अंकित सिङ ठकुरीको शब नेपाल पठाउन १ हजार यूरो पठाइएको अध्यक्ष डुम्रेले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *