• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

युक्रेनमा रहेका नेपालीहरुको सुरक्षा प्रति एनआरएनको चिन्ता, सरकार र एनआरएनद्वारा स्वदेश फर्कन आग्रह

Byspainnepal

Feb 24, 2022

गैरआवासीय नेपाली संघ एनआरएनएले युक्रेनमा पछिल्लो विकसित घटाक्रमको कारण त्यहा रहेका नेपालीहरुको सुरक्षा प्रति चिन्ता व्यक्त गरेको छ ।

एनआरएनएले बिहीबार एक विज्ञप्ति जारी गर्दै युक्रेनमा रहेका नेपालीको अवस्थाका बारेमा चिन्ता व्यक्त गरेको हो ।

‘युक्रेनमा रहनु भएका ३८ जना नेपालीहरु राष्ट्रिय समन्वय परिषद् युक्रेनको सम्पर्कमा रहेका छन् । उहाँहरु युक्रेनमै लामो समयदेखि स्थायी बसोबास गर्दै आउनुभएको छ । युक्रेनमा पछिल्लो विकसित घटनाक्रमबीच उहाँहरु सबै सकुशल रहनुभएको खबर प्राप्त भएको छ,’ एनआरएनएद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

रुसले बिहीबार विहानबाट युक्रेनमा सैन्य आक्रमण सुरु गरेको छ । यसपछि एनआरएनएले विज्ञप्ति निकालेर युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्कन आग्रह गरेको छ ।

‘युक्रेनमा ४४ विद्यार्थीहरु र ट्रान्जिटमा २०० भन्दा बढी नेपालीहरु रहेको जानकारी प्राप्त भएको छ । त्यहाँस्थित सबै नेपालीहरुलाई आफ्नो अवस्था बारे राष्ट्रिय समन्वय परिषद् युक्रेनमा जानकारी गराउनुहुन अनुरोध गर्दछौं,’ एनआरएनएले भनेको छ ।

यसैबिच यूक्रेनमा रहेका नेपालीलाई परराष्ट्र मन्त्रालयले पनि नेपाल फर्कन आग्रह गरेको छ। युक्रेनमा विकसित भइरहेको घटनाक्रमको मूल्याङ्कन गर्दै अति आवश्यक परी त्यहीँ रहनु परेमा बाहेक उपलव्ध व्यवसायिक हवाइ उडान उपयोग गरी स्वदेश फर्कन मन्त्रालयले अनुरोध गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *