![](https://usercontent.one/wp/www.spainnepal.com/wp-content/uploads/2021/05/4C0C5BFA-1055-4C89-A701-443DC176206F.png)
काठमाण्डाै – दक्षिण अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिका ब्राजिलमा हुने भएको छ । अर्जेन्टिनामा हुने तय भएको प्रतियोगिता कोरोना महामारीका कारण त्यहाँ नहुने भएपछि अन्योल भएको थियो । दक्षिण अमेरिकी फुटबल महासङ्घले प्रतियोगिता अर्जेन्टिनाबाट ब्राजिलमा गर्ने निर्णय गरेको फुटबलसम्बन्धी वेबसाइट गोल डटकमले जनाएको छ । कोपा अमेरिका सुरु हुनु १३ दिनअघि आज बिहान मात्रै अर्जेन्टिनामा नहुने भएपछि अन्योल भएको थियो । प्रतियोगिता जुन १३ देखि जुलाई १० सम्म हुनेछ । सन् २०२० मा हुनुपर्ने कोपा अमेरिका फुटबल कोरोना महामारीका कारण एक वर्षपछि सरेको हो ।