• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

७० प्रतिसतले खोप नलिदासम्म युरोपमा कोरोना माहामारी सकिदैन– डब्लुएचओ

Byspainnepal

May 30, 2021

विश्व स्वास्थ्य संगठनका युरोप क्षेत्रीय निर्देशकले युरोप क्षेत्रमा अहिले कोभिडको संक्रमणदर केही घटेको जस्तो देखिएपनि महामारी सकिएको ठान्नु भुल हुने बताएका छन् । डब्लुएचओको युरोप क्षेत्रीय निर्देशक हान्स कुल्गले एक अन्र्तवार्तामा युरोपको जनसंख्याको ७० प्रतिसतले भ्याक्सिन नलिदासम्म माहामारी नसकिने बताएको एएफपी ले जनाएको छ । उनले युरोपमा भ्याक्सिन प्र्रकृयामा देखिएको ढिलाईले महामारी थप लब्बिने बताएका छन् । अहिले युरोप क्षेत्रका ५३ सहित मध्ये एसियाको जनसंख्याको २६ प्रतिसतले मात्रै भ्याक्सिनको कम्तिमा एउटा डोज लिएका छन् । युरोपियन युनियन भित्रका ३६ प्रतिसतले मात्रै खोपको पहिलो डोज लिएका छन् । एएफपीको तथ्यांक अनुसार दुवै डोज लिनेको संख्या १६ प्रतिसत मात्रै रहेको छ ।
कुल्गले विश्वमा देखिएको कोरोनाको नयाँ खालका भेरियन्टले थप चिन्ता बढाएको बताएका छन् । युरोपमा पछिल्लो पाँच हप्तामा संक्रमणको दर धेरै घटेको देखिएपनि भारतको पत्ता लागेको नयाँ भेरियन्ट युरोप क्षेत्रका २७ वटा स्थानमा पुष्टि भैसकेकोले थप चुनौती बढेको उनले बताएका छन् । यस्तै युरोपमा पछिल्लो समयमा कोरोना बिरुद्धका प्रतिबन्धहरु खुकुलो बनाइदै जाँदा मानिसहरुमा सावधानीका उपाए समेत ख्याल नगर्ने क्रम बढेकोले महामारीको अर्को लहरको खतरा रहेको उनको भनाइ छ । पछिल्ला दिनमा युरोपियन च्याम्पियन्स लिगको समयमा देखिएको मानिसहरुको भिडलाई संकेत गर्दै उनले कोभिडले रातो कार्ड देखाइसकेको भन्दै सामाजिक दुरी कायम राख्न र माक्सको प्रयोग नछाड्न सुझाव दिएका छन् । उनले यस महामारीबाट पार पाउन भ्याक्सिनलाई तिब्र पार्नुको बिकल्प नभएको बताएका छन् । तर युरोपका कतिपय देशमा युवाहरुलाई समेत खोप लिन शुरु गरिएको तर कुनै देशमा स्वास्थ्य क्षेत्रमा काम गर्नेहरुले समेत पुर्ण रुपमा खोप नपाएकोले एकैनासले खोप वितरण गर्नुपर्नेमा जोड दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *