• Sat. Apr 27th, 2024

SPAIN NEPAL COM

एनआरएनए स्पेनको चुनावको लागि हेम शेर्पाको संयोजकत्वमा निर्वाचन समिती गठन

Byspainnepal

May 31, 2021

गैर आवासिय नेपाली संघ स्पेनको आगामी चुनावको लागि पूर्व एनसिसी सल्लाहाकार हेम शेर्पाको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिती गठन भएको छ । एनआरएनए स्पेनको सोमबार बसेको बैठकले गठन गरेको निर्वाचन समितिका अन्य सदस्यहरुमा सुन्दर रानाभाट, सन्तोष पौडेल, भोजराज सापकोटा रहनुभएको छ भने एक जना पछी थप गरिने अध्यक्ष दिनेश गुरुङ्ले जानकारी दिनु भयो ।

यस्तै बैठकले अध्यक्ष गुरुङको संयोजकत्वमा स्पेन स्थित सबै संघसंस्थाका अध्यक्षहरु सदस्य रहने गरी एनआरएनए अधिबेसन समन्वय समिती समेत गठन भएको छ । समितिमा एनआरएन युरोप उप संयोजक र आआइसिसी सदस्यहरु सल्लाहाकार रहनुहुने छ । उक्त समितिले सबै पक्षसँग छलफल र समन्वय गरी अधिबेसनका गतिबिधी अगाडि बढाउने अध्यक्ष गुरुङ्ले बताउनुभयो । यस्तै बैठकले एनआरएनएको तर्फबाट कोभिडको सहयोगका लागि गठन भएको उपसमिती सहित सवै उपसमितीहरु बिघठन गरेको अध्यक्ष गुरुङ्ले जानकारी दिनुभयो । एनआरएनए स्पेनको अधिबेसन आगामी जुलाईको २५ तारिकको लागि घोषणा भैसकेको छ । एनआरएनए स्पेनले केन्द्रिय अधिबेसनको १ महिना अघि क्षेत्रहरुको अधिबेसन गर्न निर्देशन दिइसकेको छ । साथै बैठकले गैरआवासीय नेपाली संघ स्पेनका कोषाध्यक्ष गोविन्द प्रसाद तिमिल्सिनाका पिता हरी प्रसाद तिमिल्सिनाको ८२ वर्षको उमेरमा भएको अप्रत्यासित निधनको खबरले स्तब्ध बनाएको भन्दै बुवा प्रति भावपुर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवार प्रति गहिरो समबेदना प्रकट गरेको अध्यक्ष गुरुङ्ले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *