![](https://usercontent.one/wp/www.spainnepal.com/wp-content/uploads/2021/10/244690564_4731341856884801_1202129086512925615_n-768x1024.jpg)
सरकारले फिर्ता बोलाएपछि नेपाल फर्कन लाग्नु भएकी स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पालाई गैर आवासीय नेपाली संघ, स्पेनले बिदाई गरेको छ । सोमवार संघका अध्यक्ष शालिक राम डुम्रे सहितको टोली नेपाली राजदूताबास म्याड्रिड पुगेर स्पेनबासी नेपालीको हीतमा शेर्पाले गरेको कामको प्रशंसा गर्दै सम्मान पत्र सहित बिदाई गरेको हो । उक्त अबसरमा राजदुत शेर्पाले पुरा कार्यकाल भन्दा अगाडी नै नेपाल फर्कन परेकोमा दुःख लागेको बताउनुभयो । छोटो समयमा पनि नेपाली डायस्पोरासँग मिलेर धेरै काम गर्न पाएकोमा खुसी ब्यक्त गर्नुभयो । उहाँले आफु छिटै नेपाल फर्कन लागेको भन्दै नयाँ आउने राजदूतलाई पनि आफुहरुलाई जस्तै सहयोग सहकार्य गर्न स्पेनवासी नेपाली समुदायसँग आग्रह गर्नुभयो ।
![](https://usercontent.one/wp/www.spainnepal.com/wp-content/uploads/2021/10/245049723_906512140302098_2911844581855764491_n-768x1024.jpg)
उक्त अबसरमा एनआरएनए स्पेनका अध्यक्ष शालिक राम डुम्रेले राजदूत शेर्पालाई कोभिडको विषम परिस्थितीमा स्पेनबासी नेपालीलाई सहयोग गर्न खेलेको भुमिका र एनआरएन तथा अन्य सघसंस्थासँग निरन्तर सहकार्य गरेकोमा धन्यवाद दिनुभयो । उक्त अबसरमा राजदूत शेर्पालाई एनआरएनए स्पेनको तर्फबाट एक सम्मान पत्र प्रदान गरिएको थियो । कार्यक्रममा एनआरएनएको तर्फबाट उपाध्यक्ष तथा राजदूताबास समन्वय समितीका संयोजक रोशन पाठक, महिला उपाध्यक्ष सृजना लामिछाने, एनआरएनए स्पेनकी सचिव सुन्दरी लामा, एनआरएन स्पेनका संस्थापक तथा एनआरएन स्पेनका संस्थापक आइसीसी विरेन्द्र श्रेष्ठ, एनआरएनए कोस्टाब्लान्काका संस्थापक अध्यक्ष सुरेन्द्र भुजेल थापा, ओएनएफका शिवराज सिग्देल, जससकी पारु वलि पार्वती, लक्ष्मण शर्मा, रोशन लम्साल लगायतको उपस्थिती रहेको थियो भने राजदूताबासको तर्फबाट सहित अर्जुन अधिकारी लगायत अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो ।
![](https://usercontent.one/wp/www.spainnepal.com/wp-content/uploads/2021/10/244651696_3019650754950663_5881007351999326517_n-768x1024.jpg)
![](https://usercontent.one/wp/www.spainnepal.com/wp-content/uploads/2021/10/246423840_633276077830093_7580309901510139038_n-1024x724.jpg)