• Wed. Apr 24th, 2024

SPAIN NEPAL COM

एनआरएनएको कार्यकाल ६ महिना थपियो, नोभेम्वरभित्र निर्वाचन

Byspainnepal

Oct 16, 2021

गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिनाको लागि थपिएको छ ।

गैरआवासीय नेपाली संघको शनिवार सम्पन्न बैठकले विधानको धारा १३ को उपधार २ बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने निर्णय गरेको हो ।

बैठकको अध्यक्षता गरेका संघका अध्यक्ष कुमार पन्तले कार्यसमितिका सदस्यहरुको भावना अनुरुप संघको निर्वाचन नोभेम्वर ३० तारिख भित्र गर्ने घोषणा गरेका थिए ।

बैठकलाई सम्वोधन गर्दै अध्यक्ष पन्तले परराष्ट्र मन्त्रालयको पत्रकै कारणले समयमा १० औं महाधिवेशन गर्न नसकिएको बताए । उनले मन्त्रालयकै कारणले वर्तमान कार्यसमितिले आफ्नो म्याद थप्न बाध्य भएको बताए ।

यस्तै बैठकले महाधिवेशन प्रतिनिधिहरुका विषयमा आएका गुनासा सम्बोधन गर्न संघका पूर्वअध्यक्षहरुसंगको परामर्शमा एक स्वतन्त्र समिति गठन गर्ने निर्णय गरेको छ ।

बैठकमा केन्द्रीय पदाधिकारी, सल्लाहकार सहित करिब एक सय जना भन्दाबढी सदस्यहरुले आआफ्ना भनाईहरु राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *