• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

बाढी पिडितको सहयोगार्थ एनआरएनए स्पेनले दशै, तिहार सांस्कृतिक कार्यक्रम गर्दै

Byspainnepal

Oct 22, 2021

गैर आवासीय नेपाली संघ, स्पेनको आयोजनामा अक्टोवर २५ तारिक सोमवार दशैं, तिहार तथा छठ पर्वको शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ । कोभिड माहामारीका कारण लामो समयदेखि स्पेनको नेपाली समुदायले खुल्ला रुपमा कुनै कार्यक्रम गरेका थिएनन् । अहिले स्पेनमा कोभिड प्रतिबन्द्धहरु हट्दै गएकोले खुल्ला रुपमा दशैं, तिहार कार्यक्रम गर्न लागिएको संघका अध्यक्ष शालिकराम डुम्रेले जानकारी दिनुभयो । सोमवार दिउसो साडे तीन वजेदेखि राती ९ वजेसम्म हुने उक्त कार्यक्रममा शुभकामना आदान प्रदान तथा विविध मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम हुने कार्यक्रमका संयोजक तथा एनआरएनए स्पेनका सचिव एनके भट्टराईले जानकारी दिनुभयो । साँस्कृतिक कार्यक्रममा विभिन्न स्थानीय कालाकारको प्रस्तुतीसँगै राष्ट्रिय कलाकार जेवी ओली  र सुमि घिमिरेको प्रस्तुती रहने उहाँले बताउनुभयो । कार्यक्रमको प्रुमख आतिथ्यताका एनरआएनएका यूरोप संयोजक नारायण आचार्य स्पेन आउँदै हुनुहुन्छ । बार्सिनोनाको Hospitalet de Llobregat स्थित Plaza Bobila (Biblioteca de Bobila) को हलमा हुने कार्यक्रममा सहभागी हुनका लागि प्रतिब्यक्ति १० यूरो लाग्ने र उक्त रकम बराबरको खानाको कुपन उपलब्ध गराईने संयोजक भट्टराईले बताउनुभयो । साथै कार्यक्रममा भएको खर्च कटाएर बचेँको पैसामा थप सहयोग जुटाएर नेपालमा हालैका दिनमा आएको बाढि पहिरोबाट पीडित भएकाहरुलाई सहयोग गर्ने योजना समेत रहेको अध्यक्ष डुम्रेले जानकारी दिनुभयो ।
एनआरएनए स्पेनले लामो समयपछि खुल्ला रुपमा सवैसँग भेटघाट गर्ने उद्देश्यले हुन लागेको कार्यक्रममा सहभागी भै सफल पारिदिन सम्पूर्ण स्पेनबासी नेपाली समुदायमा आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *