• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

प्रचण्डलाई प्रधानमन्त्री ओलीको आग्रह : आरोपपत्र फिर्ता लिनुस्,सहमतिकासाथ अघि बढौं

Byspainnepal

Aug 1, 2018

काठमाडौं, ४ पुस – प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अर्का  अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफूविरूद्धको ‘आरोपपत्र’ फिर्ता लिन आग्रह गर्नुभएको छ ।  प्रचण्ड निवास खुमलटार पुगेर ओलीले आफूविरूद्धको ‘आरोपपत्र’ फिर्ता लिएर सहमतिका साथ अगाडि बढ्न आग्रह गर्नुभएको हो ।

प्रचण्ड निवास खुमलटारमा उहाँहरुबीच पार्टीभित्र देखिएका विवादका विषयमा छलफल भएको हो । प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटाले उहाँहरुबीच पार्टीभित्र देखिएका विवादका विषयमा छलफल भएको बताउनुभयो । “सधैँ बालुबाटारमा हुने छलफल यसपटक प्रचण्ड निवास खुमलटारमा भएको हो”, उहाँले भन्नुभयो, “आज भएको भेटघाट पनि दुई अध्यक्षबीच पार्टी विवादलाई निकास दिन यसअघि भइरहेका छलफलको निरन्तरता हो ।”

प्रचण्ड निवासमा आज पार्टी उपाध्यक्ष वामदेव गौतमकोसमेत उपस्थिति थियो । पार्टी विवाद समाधान हुनुको साटो झन् बढी रहेका बेला सत्तारूढ नेपाल कम्युनिष्ट पाटी (नेकपा) का अध्यक्षद्वबीच बिहीबार, शुक्रबार र आज शनिबार लगातार भेट भइरहेको छ ।

शुक्रबार साँझ प्रधानमन्त्रीसँग भएको भेटमा दुई अध्यक्षले सामूहिक प्रस्ताव तयार पार्नेबारेमा छलफल भएको  थियो। आजको छलफलमा पनि ओलीले दाहाललाई आरोप पत्र फिर्ता गरेर सामूहिक प्स्ताव ल्याउन आग्रह गनुृभएको बताईन्छ ।

यसैबिच प्रधानमन्त्री ओली खुमलटारबाट बाहिरिए लगत्तै पुल्चोकस्थित मन्त्री क्वार्टरमा पुगेर गृहमन्त्री रामबहादुर थापा बादललाई भेट्नुभएको छ ।
ओली फर्केपछि नेता माधव नेपाल खुमलटार पुग्नुभएको थियो । खुमलटारमा केहीबेर नेपाल–दाहाल र गौतमबिच छलफल भएको छ ।

Non est ista, inquam, Piso, magna dissensio. Duo Reges: constructio interrete. Sine ea igitur iucunde negat posse se vivere? Ut non sine causa ex iis memoriae ducta sit disciplina. Ita relinquet duas, de quibus etiam atque etiam consideret. Mihi, inquam, qui te id ipsum rogavi?

Quamquam haec quidem praeposita recte et reiecta dicere licebit. Negat enim summo bono afferre incrementum diem. Potius inflammat, ut coercendi magis quam dedocendi esse videantur. Sed quid ages tandem, si utilitas ab amicitia, ut fit saepe, defecerit?

Leave a Reply

Your email address will not be published. Required fields are marked *